चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाज काठमाडौं आइपुग्यो
वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०९:१७
1.3K
shares
काठमाडौं: चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौं आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।
विमानमा के–कति परिणाममा स्वास्थ्य सामग्री ल्याइयो भन्ने खुलेको छैन । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०९:१७



















