YouTube Link

डब्लुएचओको आर्थिक सहयोग रोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घेराबन्दीमा

Facebook Link

एजेन्सी: विश्‍व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घेराबन्दीमा परेका छन् । आफ्नो देशमा कोरोनाबाट करिब २८ हजार मानिसले ज्यान गुमाइसकेको अवस्थामा पनि कोरोनाको दोष चीनमाथि थोपरिरहेका ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै आर्थिक सहयोग रोक्ने घोषणा गरेका थिए ।

उनको यो घोषणाकै विरोधमा अमेरिकाकै कयौँ संस्था उत्रिएका छन् । अमेरिकन मेडिकल एसोसिएशनले राष्ट्रपति ट्रम्पको त्यस निर्णयलाई खतरनाक भनेको छ । यस घोषणाले अमेरिकालाई नै अफ्ठ्यारोमा पार्ने चेतावनी एसोसियशनले दिएको छ । डब्लुएचओले पनि सहयोग रोकिएर आफ्नो काम नरोकिने जनाएको छ ।

अमेरिकन मेडिकल एसोसिएशनका अध्यक्ष डाक्टर प्याट्रिक ह्यारिसले सीएनएनसँग भने, ‘यो यस शताब्दीकै सबैभन्दा ठूलो स्वास्थ्य संकट हो । ट्रम्पले डब्लुएचओको सहयोग रोकिदिएका छन् । यो गलत दिशामा उठाइएको खतरनाक कदम हो । यस भाइरसको कुनै सीमा छैन । विश्‍वले यदि एक भएर यसविरुद्ध उत्रिएन भने अवस्था भयानक हुनेछ । यसको असर हामी अमेरिकीले पनि भोग्नुपर्ने निश्‍चित छ ।’ ट्रम्पको कदमलाई ‘सनक’ को संज्ञा दिँदै बेलायतसहित कयौँ देशले पनि आपत्ति जनाएका छन् ।

संयुक्त राष्ट्र संघ पनि ट्रम्पको यस कदमको विपक्षमा उभिएको छ । अहिलेको अवस्थामा विश्वलाई डब्ल्युएचओको पहलको अझै कयौँ ज्यादा आवश्यकता छ। राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले यो समय डब्ल्युएचओ या कोरोनाविरुद्ध लडाईं लड्ने कुनै पनि संगठनका स्रोतको कमी गर्ने नभएको बताएका छन् । उनले यो समय यस संक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रसंघका विदेश नीति प्रतिनिधि जोसेप बोरेलले राष्ट्रपति ट्रम्पले डब्ल्युएचओको सहयोग रोक्ने निर्णयको निन्दा गरेका छन् ।

उनले ट्रम्पको यस कदमलाई सही मान्‍नुपर्ने कुनै कारण नभएको बताएका छ न्। उनले महामारी रोक्न डब्लुएचओलाई अझै बढी सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । विश्‍व स्वास्थ्य संगठनका महासचिव टेड्रोस एधेनोमले अमेरिकाले सहयोग रोके पनि आफ्नो काम जारी राख्ने बताएका छन् । अमेरिकाले डब्ल्युएचओलाई वार्षिक चार अर्ब डलर भन्दा धेरै सहयोग गर्दै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...