YouTube Link

कोरोना भाइरस संक्रमणबाट सार्क राष्ट्रमा ४ सय २९ जनाको मृत्यु, भारतमा संक्रमण दर बढ्दो

Facebook Link

एजेन्सीः कोरोना भाइरस संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रमा अहिलेसम्म ४ सय २९ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा २ सय ८८, पाकिस्तानमा ८६, बंगलादेशमा ३०, अफगानिस्तामा १८ र श्रीलंकामा ७ जनाको मृत्यु भएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ४ सय २९ पुगेको हो । माल्दिभ्स र नेपालमा संक्रमणका घटना भएपनि भुटानको अवस्था नियन्त्रण उन्मुख छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ । कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा समेत भारत पाँचौं स्थानमा रहेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ । भारतमा आइतबार विहानसम्म २ सय ८८ जनाले ज्यान गुमाएका छन् । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४ सय ४६ पुगेको छ । भारतमा संक्रमितमध्ये ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ७ हजार १ सय ८९ जना उपचाररत छन् ।

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ८६ जनाको मृत्यु भएको छ भने ५ हजार ११ जना संक्रमित भएका छन् । पाकिस्तानमा संक्रमितमध्ये ७ सय ६२ जना उपचारपछि निको भएका छन् ।

यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ । बंगलादेशमा शनिबार थप ३ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । त्यसैगरी बंगलादेशमा हालसम्म संक्रमितको संख्या ४ सय ८२ पुगेको छ ।

सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म १८ जनाको मृत्य भएको छ । अफगानिस्तामा संक्रमितको संख्या ५ सय ५५ पुगेको छ ।

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकामा ७ जनाले ज्यान गुमाएका छन् । श्रीलंकामा संक्रमितको संख्या १ सय ९८ पुगेको छ ।

सार्क राष्ट्रहरु मध्येकै अर्को मुलुक माल्दिभ्समा कोरोना संक्रमित र मृत्यु भएका नयाँ घटना देखिएका छैनन् । हालसम्म त्यहाँ १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ । भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जनामध्ये २ जनाको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । गत चैत २० गते विहीबार थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो । त्यस यता नेपालमा नयाँ संक्रमित फेला परेका छैनन् । नेपालमा कोरोना संक्रमित ९ जनामध्ये एक जनाको उपचारपछि निको भइसकेको छ भने अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...