कोरोनाबारे भ्रम फैलाउने तीन वटा वेबसाइट बन्द, तीन वटालाई २४ घण्टे स्पष्टिकरणको माग
वि.सं.२०७६ चैत १५ शनिवार ०९:१८
1.1K
shares
काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबारे भ्रम फैलाउने तीन वटा वेवसाइट बन्द गराइएको प्रेस काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार तीन वटा वेबसाइट बन्द गराइएको छ भने तीन वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।
वि.सं.२०७६ चैत १५ शनिवार ०९:१८



















