हेर्नुहोस् तपाईको आज २०७८ असार १७ गते बिहीबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असार १७ बिहीवार ०७:३२
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उपलब्धि कम हुने खालको दिन छ, केहि पारिवारिक तथा घरेलु कुराहरुमै व्यस्त रहनु पर्ने अवस्था आउन सक्छ, थाँती रहेका कतिपय कुराहरुलाइ बेलैमा सम्पन्न गरेको खन्डमा मानसिक खिन्नताले सताउने छैन, खर्च माथि नियन्त्रण राख्दै आलस्य वा थकानबाट जोगिनु पर्ने दिन छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ससाना उपलब्धिहरु प्राप्त हुने खालको दिन छ, उत्साहले मन प्रसन्न रहने छ, विगतदेखि नै प्रयास गरिरहनु भएको छ भने नयाँ काम शुरु हुने अथवा नयाँ सम्बन्धहरु बन्ने योग छ । मिठो खानपान वा जमघटमा सामेल भइएला, अति आवश्यक कार्यहरुमा तँपाइले केही बाधा आएको महसुस गर्नुहुनेछ तर पनि अरुलाइ दोष नदिइ आज शान्त भएर बस्नु भएमा दिन सुखद रहने छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन शुभ रहनेछ । अपठ्यारो परिस्थितीबाट मुक्त भइनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा समय राम्रो रहनेछ । स्वास्थय सुधारोन्मुख रहने, आँटेको काममा सफल भइने । भूमि, वाहन सुख को साथै पारिवारीक सुख तथा मित्र सुख प्राप्त हुने समय छ, नयाँ विचार र प्रस्तुतिको लागि आज दिन राम्रो रहनेछ । विद्या आर्जनको लागि पनि समय उत्तम छ । विद्यार्थीवर्गलाइ परिक्षा प्रतियोगितामा गरिएका प्रयासले सुख दिनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यले आज कन्जुस्याईं गर्नेछ । स्वास्थ्यमा समस्या आउने, धर्म कर्ममा मन नजाने, तनावले ग्रस्त बनाउन सक्छ, विवाद अथवा आरोप लाग्ने सम्भावना छ । कुटुम्ब अथवा नजिकको मान्छेसँग कष्ट वा मतभेद हुन सक्ला, पद प्रतिष्ठामा धक्का लाग्ने सम्भावना रहेकोले सचेत हुनु होला, व्यापार व्यवसायमा साझेदारहसँग स्वार्थहरु बाझिनाले तथा आर्थिक विषयमा मतैक्यता नरहनाले दिन नरमाइलो रहन जाला, तसर्थ समय र परिस्थिीतीको सही विश्लेषण र सुझबुझ अपनाउनु भइ अगाडि बढेमा दिन सुखद रहनेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तँपाइको भनाइ र गराइले वरिपरिका व्यक्तिहरुको चित्त दुख्न सक्दछ, अप्रत्यासित प्रतिकूल घटनाहरु हुने योग भएकोले सावधान रहनु होला, मनमा केही कुराको डरले सताइरहने, पारिवारीक समस्या बल्झने, दुर्घटना वा चोट लाग्न सक्ने अथवा स्वास्थ्यमा समस्या आउन सक्ला, बनिसकेको काम विग्रने योग भएकोले सावधानी अपनाउनु होला, धनमाल आदि नोक्सान हुने, सामनहरु बिग्रने वा हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनु होला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन राम्रो रहनेछ । धन लाभ, वाहन सुख, वैवाहिक सुख, आदर सत्कार र सम्मानको योग चलिरहेकोले प्रयास जारी राख्नु होला, स्वादिलो भोजन सुख, व्यापारिक फाइदा, व्यवसाय तथा कार्यालयमा रोकिएको कार्यहरु बन्ने छन । पार्टनरशीपमा व्यवसाय शुरु गर्नलाई राम्रो दिन छ, प्रेम तथा दाम्पत्यको क्षेत्रमा सुखद अवसर प्राप्त हुने र भोग विलासिता को साथै मनोरन्जनमा मन जान सक्छ, आफनो स्रोत, शक्ति र विद्धतालाइ सही कुरामा खर्च गनुभएको खन्डमा भविष्यमा ठूलो लाभ प्राप्त हुने सम्भावना छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले तिमी आँट म पुरयाउँछु भन्ने खालको दिन छ । निरोगिताको साथै, पारिवारिक, सामाजिक व्यावसायिक तथा आर्थिक पक्ष बलियो हुने समय छ । प्रतिस्पर्धीहरु ओझेलमा पर्नेछन् । अध्ययन, अध्यापन तथा कर्म क्षेत्रमा सोचेको कुरा भइदिन सक्छ । पहिले देखि प्रयास गरिरहनु भएका कुराहरुले सुखद परिणाम दिनेछ, व्यापार व्यवसायमा ऋण लिनको लागि अथवा कसैसँग कुनै पनि विवाद वा झमेला आदि समाधान गर्नलाई दिन राम्रो छ ।
कुटुम्ब वा सहकर्मीहरुमाझ असमझदारी आउने सम्भावना छ, आयमा बाधा, शोक कष्ट पर्न सक्ने, मन अशान्त हुने, कार्यमा विध्न बाधा व्यवधानहरु आउन सक्नेछ । ईष्या गर्नेहरुले दुख दिन सक्ने, समय त्यतिकै अलमलमा बित्न सक्छ ,यात्रा वा सवारी साधन चलाउँदा ध्यान दिनु होला, सन्तानको तर्फबाट चिन्ता पर्न सक्छ । विवादबाट भने आज टाढा बस्नु होला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय अनूकुल नहुन सक्छ, मानसिक तनाव बढन सक्ने, आर्थिक हानी, व्यवसाय हानी, रोजगार तथा कर्म क्षेत्रमा गतिरोधको अवस्था आउन सक्छ, गरेका कामहरु सफल पार्न निकै प्रयास गर्नु पर्ने देखिन्छ, आफन्तहरुसँग विवाद वा झमेला हुन सक्ने सम्भावना छ, मन स्थिर नरहने, स्वास्थ्यमा समस्या आउन सक्ने देखिएकोले सावधान रहनु होला, लगानीलाइ समय अशुभ छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन राम्रो रहनेछ । कुनै नयाँ कुराले मन प्रसन्न हुन सक्ला, धन लाभ हुने, कार्यमा सफलता, वस्त्रलाभ अथवा अन्य भौतिक सामाग्रीको खरिद वा प्राप्ति, मान सम्मान मा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्र सुख प्राप्त हुने खालको दिन बन्न सक्छ । विरोधीहरु पछाडि हटनेछन्, कर्म क्षेत्रमा सफलता पाइने छ । कसै कसैलाई छोटो दुरीको लाभदायक भ्रमण हुन सक्ने सम्भावना पनि छ । रोजगार नयाँ लगानी अथवा नयाँ व्यापार व्यवसायको शुरुवात गर्नको लागि दिन उत्तम छ ।
सचेत हुनु पर्ने खालको दिन रहला । मानसिक असन्तोष बढेर तनावको अवस्था बनाउला । व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने ।, मनमा गलत विचारहरु आउने । आफन्त बन्धु बान्धव वा नजिककाहरुसँग वैमनस्यता बढला तथा पारिवारिक सुखमा कमि आउने योग छ, विश्वास गरेका हरुले धोका दिन सक्नेछन्, शारिरिक पीडा, चोटपटक दुर्घटना आदि को योग रहेकोले सावधानी अपनाउनु होला, व्यवसायमा बाधा आउने सम्भावना छ, लगानीलाई समय प्रतिकूल छ, खानपानको गडबडीले स्वास्थ्य समस्या निम्तिन सक्छ । दाम्पन्य सुख र प्रेम सम्बन्धको लागि दिन अनुकुल छैन ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन सुखद रहनेछ । ग्रहले साथ दिनेछ । रिस गर्नेहरु गुमनाम हुनेछन, धन तथा आर्थिक विषयमा सकारात्मक लाभ र प्राप्तिले तँपाइको मनोबल मा बृद्धि हुनेछ । आँटेको कार्यमा सफलता मिल्ला । कतैबाट वस्त्र, उपहार वा नसोचेको अरु कुनै वस्तु प्राप्त हुने सम्भावना छ । उत्तम तथा मिष्ठान भोजनमा अथवा जमघटमा रमाइने योग पनि छ । मित्र तथा बन्धुहरुबाट सुख मिल्ने, सन्तानपक्षबाट सुख पाइने योग छ । रोग र ऋणबाट राहत मिल्ने खालको दिन बन्ला । अध्ययन अध्यापन तथा प्रेम प्रसंगको लागि दिन उत्तम रहनेछ ।