हेर्नुहोस् तपाईको आज २०७८ जेठ १९ गते बुधबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ जेठ १९ बुधवार ०७:०६
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सोचेको आँटेको काम पुरा नहुन सक्छ, शत्रुले दुख दिन सक्नेछन । मन अशान्त हुने, आयमा बाधा, धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । रोगव्याधिले सताउन सक्छ, सामाजिक छवि खराब हुन सक्ने योग चलेकोले आज विवादबाट टाढै रहनुहोला । व्यवसायमा बाधा भएकोले लगानी गर्दा जानकारको सल्लाह लिनुहोला । यात्रा गर्दा वा सवारीसाधन चलाउँदा भने आज सावधान हुनुपर्नेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय अनूकुल छैन, नखाएको विष लाग्न सक्छ, पारिवारिक मनमुटाव हुने, आफन्तहरुसँग विवाद, सम्पत्ति सम्बन्धि झमेला आउन सक्छ, मन स्थिर रहने छैन, आज स्वास्थ्यको विशेष ख्यालगर्नुपर्ने छ र गृहकलहबाट आज टाढा रहनुहोला, व्यवसायमा गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ समय अशुभ छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विविध प्रकारको लाभको साथै गरेका कार्यहरुमा सफलता पाइने, मानसम्मानमा वृद्धिको साथै शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु बाधा हटने, कसैकसैलाइ छोटो दुरीको यात्राको अवसर प्राप्त हुने योग छ । नयाँ कार्यको शुरुवातको लागि दिन राम्रो छ । विद्यार्थीहरुको लागि समय उत्तम रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने, मनमा गलत विचारहरु आउने । आज तँपाइको धन, घरपरिवारको लागि वा अचल सम्पत्ति खरीद गर्नमा खर्च हुन सक्नेछ । आफन्त बन्धुबान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, अचानक हुने विवादले उग्र रुप लिने, चित्त दुख्ने स्थिति आउनसक्छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुने योग छ । दिमागमा महत्वाकाँक्षी विचारहरुले सकारात्मक रुपमा उर्जीत गर्नेछ । रमाइलो खानपान र पारिवारिक भलाकुसारी हुनसक्नेछ । रोग र ऋणबाट राहत प्राप्त हुने दिनको रुपमा रहेकोले प्रयास चाँही गर्नुहोला । मित्रहरुले सहयोग गर्नेछन, घरमा विवाह सम्बन्धि कुरा चल्न सक्नेछ, व्यापारव्यवसायमा परिवर्तनलाइ राम्रो समय छ, नयाँ शूरुवात गर्न लागेको हो भने गर्दा हुन्छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारिरिक शिथिलताले दिन अमिलो बनाउन सक्नेछ, पराक्रममा कमी आउने, आर्थिक परेशानी हुनसक्ने भएकोले सावधान रहनुहोला । परिवारमा देखापरेको असमझदारीले मानसिक अशान्ति र छटपटि बढन सक्नेछ, व्यापारव्यवसायमा ऋण लिनुपर्ने अवस्था आउन सक्ने भएकोले एकचोटि चिना देखाउनुहोला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
संवाद र छलफलले ठूलो समस्याबा टमुक्त हुन मद्दत गर्नेछ, उनीहरुको सहकार्यले तँपाइका योजना र लक्ष्यहरुलाइ फरक ढंगबाट हेर्ने दृष्टिकोण प्राप्त हुनेछ र अडकिएका कार्यहरुले गति लिने छ । आज भोग विलास, खानपान वा रमाइलो जमघटमा रुचि जाग्नसक्छ, आयस्रोतको नयाँ बाटो फेला पर्न सक्ने सम्भावना भएकोले प्रयास चाँही निरन्तर गर्नुहोला, मनमा धेरै कुरा सोच्ने बानीलाइ त्याग गर्नसक्नुभएमा दिन सुखमय बित्नेछ । विवादबाट भने आज टाढारहनुहोला ।
रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा एकभन्दा बढी क्षेत्र माहात हाल्ने अवस्था आउन सक्छ, कार्यक्षेत्रमा तँपाइको खुबिको अरुले प्रशंसा गर्नेछन । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ । जेष्ठनागरिकको आशिर्वाद र सहयोग लिनुहोला, भूमि, वाहन सुखको साथै पारिवारीक सुख प्राप्त हुन राम्रो समय आएको छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान प्रतिष्ठामा नसोचेको धक्का लाग्ने सम्भावना छ । भाग्यमा अवरोध आइरहेकोले बिनाकारण झगडा हुने, नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नुहोला । मित्रहरुसँग वा सहकर्मीहरुसँग वा नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुनसक्ने भएकोले विवादबाट बच्नुहोला छोटो दुरीको निरर्थक भ्रमण हुने योग पनि देखिएको छ । पार्टनरशीप व्यवसायमा समस्या आउन सक्छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो हैसियतलाइ नबिसिर्नुहोला । कष्टदायी अनुभव हुने, रोगले सताउने, चिन्तापर्ने, धन हानी, अरुसँग विवाद र झगडा आदि हुने योग छ । मनमा केही कुराको डर लागिरहने हुनसक्छ । पारिवारीक झमेला, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । बोलिको कारणले बनिसकेको काम विग्रन सक्छ । दाम्पत्य सम्बन्ध जोगाउन, गुप्त सम्बन्धबाट टाढा रहनुपर्नेछ ।
धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पराजित हुनेछन, मानसम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्तीको योग छ, व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ, पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ, वैवाहिक सुख तथा प्रेमसम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, भोगविलास मनोरन्जन र स्त्री सुखमा रुचि बढन सक्छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धन लाभको स्थिती बन्नेछ, आँटेको काम पुग्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोग नाश, शत्रुमाथि विजय, रिण लाभको अवस्था आउनसक्छ, व्यापारव्यवसायमा लाभ, लगानीलाई आज समय उत्तम छ, नयाँ नौलो मान्छेहरुसँग भेटघाट हुने र त्यसको दुरगामी फाइदा हुने सम्भावना पनि बलियो छ ।