हेर्नुहोस् तपाईको आज २०७७ बैशाख २७ गते सोमबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ वैशाख २७ सोमवार ०७:०२
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन अनुकुल रहनेछ, ग्रहले साथ दिएको महसुस हुन थाल्नेछ, आर्थिक लाभ, रोग व्याधिबाट छुटकारा, खानपान, वस्त्र लाभ तथा भोग विलास प्राप्त हुने । कसैकसैलाई धन तथा उपहार प्राप्ति हुने, आदर सत्कार मिल्नुको साथै मित्र तथा स्त्रि मित्रहरुको सहयोग पाइने सम्भावना छ, समग्रमा दिन सुखद रहनेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन प्रतिकुल हुनसक्छ । खर्चमा बृद्धि, शारिरिक कष्ट, मानसिक अशान्ति, धन तथा मानसम्मानको हानी, निरर्थक धपेडी वा थकान हुने, सन्तानको तर्फबाट सुख नपाइने, घाँटी भन्दामाथिको भाग, आँखा तथा अनुहार सम्बन्धि समस्या आउन सक्ने भएकोले सावधान रहनुहोला, घमन्ड गर्नु भएमा आज अप्ठयारोमा परिने सम्भावना छ, आर्थिक नोक्सानी हुने योग भएकोले लगानीलाइ आज दिन राम्रो रहने छैन ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यको साथ र सहयोग जारी रहनेछ । शुभ समाचार आउन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा महत्वाकांक्षा पूरा हुने अथवा नयाँ कुरा हुने सम्भावना यथावत छ । आय आम्दानीमा वृद्धि हुने, सन्तान तथा पारिवारिक सुख, समयानुकुल खानपान वा भोज भतेरमा सहभागि भइने अथवा साथीभाइहरुसँग रमाइलो बसिबिँयाले हुने योग छ, महिलावर्गबाट लाभ अथवा स्त्री सुख प्राप्त हुनेसम्भावना छ । व्यापारमा पर्याप्त लाभको साथै लगानीको लागि दिन राम्रो छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन शुभ रहनेछ । ईच्छित फल पाउने सम्भावना बलियो हुनेछ । शारिरीक निरोगीता, रमाइलो भोगविलास, भौतिक संशाधन तथा गृह सुख मिल्ने, कार्य व्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने, आफुले मान्नुपर्नेहरुबाट आदर, सम्मान र विश्वास प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो रहनेछ, व्यवसायीवर्गलाइ दिन लाभदायक हुन थाल्नेछ । घरभन्दा बाहिर जाँदा भने सचेत रहनुपर्नेछ ।
दिन अनुकुल नहुनसक्छ, स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ, शारिरिक थकान र शिथिलताले सताउनसक्छ । भोजनमा ध्यान दिनु होला नत्र खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्नेछ, अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुनसक्ला, कुनैपनि प्रकारको कलह र विवादबाट भने आज बच्नुपर्नेछ, बिना कारण डरले ग्रसित हुनुपर्ने, दुखकष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने अथवा अरुलाई दिनुपर्ने सम्भावना पनि छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन शुभ फलदायक रहनेछ, आर्थिक लाभ सम्बन्धि कुरा हुने, शैय्या सुख, उत्तम स्वास्थय स्थिती, मिठो दाम्पत्य सुख प्राप्त हुनेछ, लाभकारक एवम सुखदायी अनुभूति हुने खालको दिन छ, कसैकसैलाई घर बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने अथवा अरुको लागि समय खर्चिनुपर्ने हुनसक्छ । व्यापारव्यवसायमा लाभको समय चलेको छ, प्रयास गरेको खन्डमा साझेदारी कार्यमा सफलता हात लाग्ने छ । अध्ययन अध्यापनको साथै पढाइलेखाइको लागि समय उत्तम छ ।
दिन राम्रो रहनेछ । भइरहेका समस्याहरुबाट छुटकारा मिल्न थाल्ने, विरोधिहरुको बाधा र व्यवधानबाट मुक्ति पाइने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, अरुबाट सम्मान कदर र आनन्द प्राप्ति, आर्थिक लाभ सम्बन्धि लक्षण देखापर्ने सम्भावना छ, विद्यार्थीहरुको लागि परिक्षा प्रतियोगीतामा सफलता मिल्नेछ भने व्यापार व्यवसायको लागि दिन सफल रहनेछ । खर्चमाथि भने नियन्त्रण गर्दै गलत संगतहरुबाट भने टाढा रहनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय अझै राम्रो भइसकेको छैन । मन अशान्त रहनेछ, गरेको कार्य सफल पार्न निकै प्रयास गर्नुपर्नेछ, शत्रु जनित कष्ट, धनको नोक्सानी वा अनावश्यक खर्च हुने, कार्यस्थलमा भने सतर्क रहनुहोला, निर्णयहरु गलत हुनसक्ने सम्भावना छ, स्वास्थ्यमा गिरावट आउने, पेट वा सो भन्दा मुनि कुनै पुरानो रोग छ भने बल्झिन सक्नेछ, मनमा आउने गलत सोच र विचारहरुबाट टाढा रहनुपर्नेछ । आज सवारी साधन चलाउनु परेमा सावधानी अपनाउनुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन प्रतिकुल रहन सक्छ, आँट र साहसमा कमी आउने, मन अस्थिर रहने, व्यर्थको चिन्ता र छटपटीले ग्रस्त भइने, कसैलाई पनि विश्वास गर्न मन नलाग्ने जस्ता सम्भावनाहरु देखा पर्नसक्छन्, आफन्त वा नजीकका मान्छेहरुसँग हुने मनमुटाव एउटा मूख्य समस्या बन्नसक्छ, शारिरिक कमजोरी महसुस भई स्वास्थयमा समस्या देखा पर्नसक्छ, विशेष गरि संक्रामक रोग, छाती सम्बन्धि तथा कफ आदि खोकीजन्य समस्या उत्पन्न हुनसक्ने योग भएकोले सावधान रहनुहोला, आज स्त्रि सुखमा कमी हुनुको साथै निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ ।
ग्रहले साथ र सहयोग दिनेछ, मन प्रसन्न रहने, आर्थिक लाभ, मिठो खानपान तथा गफगाफमा समय बित्ने, लुगा कपडा वा अन्य भौतिक वस्तुको प्राप्ति वा खरिद हुनसक्ने, मित्र तथा भाइबन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रु बाधाहरु हटने, गरेको कार्यहरुबाट मान, प्रशंसा कदर पाइने सम्भावना छ, स्वास्थ्य ठीक रहनेछ, कसैकसैलाई भने कुनै कार्यमा केही अवरोध आउने अथवा विलम्ब हुनसक्नेछ, प्रेम गर्नेहरुको लागि समय चिताए अनुसार हुने अवस्था बन्नेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन असहज भइदिन सक्छ । मानसिक चिन्ता पर्ने, संचित धन खर्च हुने, खानपान तथा पारिवारिक सुखमा कमि आउने योग छ । आँखा, दाँत, अनुहार वा आवाज बोलीसँग सम्बन्धित समस्या उत्पन्न हुनुको साथै आज बोल्दाखेरी धेरै सोचेर बोल्नुहोला, चर्को कडा वा छुच्चो बोल्ने काम बिल्कुलै नगर्नुहोला । गरेका कामहरुमा बाधा आउने, पाप कर्मतिर वा नकारात्मक सोचतिर मन जानसक्ने अथवा गलत विचारले समस्या आउन सकने, पढाइलेखाइमा मन नजाने, व्यापार व्यवसायमा अशुभ फल प्राप्त हुने सम्भावना भएकोले सचेत रहनुपर्नेछ । कसैकसैलाई आज मित्र, बन्धु जन अथवा छिमेकीसँग मनमुटाव हुनसक्ने योग पनि बनेको छ । सावधान रहनुहोला ।