दिन राम्रो रहनेछ । सुखप्राप्ति, भाग्यको सहयोग पाइने, पारिवारिक तथा घरायसी सुखप्राप्ति, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, मानसिक अशान्ति र छटपटिमा कमी आउने । रोग व्याधिबाट ग्रस्त हुनेहरुले विस्तारै मुक्त पाउनेछन । सकारात्मक विचार र उत्साहले मनोबल बढने । मिष्ठान भोजन प्राप्ति वा रमाइलो जमघटमा सरीक भइने, शारिरिक सुखमा ध्यान जाने, व्यापारव्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने, मुद्दामामिलाको झंझटबाट राहत मिल्ने, घरबाट बाहिर जानुपर्ने अथवा टाढाको यात्रा पनि गर्नुपर्ने अवस्था पनि आउनसक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रममा कमी । आलस्य बढने, खर्चमा वृद्धि । धनको नोक्सानी, मानसम्मानमा कमी आउने वा कसैबाट मन दुख्ने, सन्तान पक्षबाट तनावको स्थिति बन्नसक्छ । कष्ट वा शोकपर्ने, कानूनी झमेला लाग्न सक्ने योग भएकोले सावधान रहनुहोला, स्वास्थ्य तथा खानपानको विशेष ध्यानदिनुहोला संक्रामक रोगको चपेटामा परिने सम्भावना रहेको छ, शारिरिक कष्ट, आँखा तथा अनुहारमा समस्या आउने वा तिनले खर्च गराउनसक्ने, विद्यार्थिवर्गको लागि वैदेशिक यात्रा वा पढाइको लागि भने दिन शुभ छ । व्यापारव्यवसायीहरुलाई लगानीको लागि दिन राम्रो छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन प्रसन्न गराउने खालको समाचार आउनसक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा महत्वाकांक्षा पूरा हुने, आय आम्दानीमा सकारात्मक वृद्धि हुने, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइसँग रमाइलो जम्ने योग छ, महिलावर्गबाट लाभ अथवा स्त्री सुख वा भोगविलासमा समय बित्न सक्नेछ । व्यापारी र व्यवसायीवर्गहरुलाइ लाभको स्थिती बन्नेछ, लगानीको लागि दिन राम्रो छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन राम्रो रहनेछ । भाग्यले साथ दिने, चिताएको पुग्ने, घरायसी सुख मिल्ने, कार्यस्थलमा सफलता मिल्नेछ, उत्तम स्वास्थ्य, जागीरमा हुनेहरुलाइ मानसम्मान, कदर वा बढुवाको सम्भावना छ । आफूभन्दा माथिकाहरुले तँपाइकोक दरगर्नेछन् । सार्वजनिक, राजनैतिक क्षेत्रमा हुनेहरुलाइ विशेष अवसर प्राप्त हुनसक्छ । पारिवारिक विवाद र मानसिक तनाबबाट भने बच्नुपर्नेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ नदिएको जस्तो अनुभव हुने, चिन्ता, कलह, आर्थिक नोक्सान, पारिवारीक समस्या, विवाद र झगडा आदिबाट जोगिनु पर्नेछ, सरकारी झंझट र बाधाले मनमा तनाव दिनसक्छ, कुनै अपठ्यारो समस्याको सामना गर्नुपर्ने, सन्तानसँग मतभेद हुने अथवा सन्तानको स्वास्थ्यमा समस्या आउने, रोगव्याधिले सताउन सक्ने, बिशेषतः छाती, पेट सम्बन्धि पुरानो समस्यालाइ हेलचेक्रयाइ नगर्नुहोला । दुर्घटना वा चोट लाग्ने जस्ता अप्रत्यासित घटनाहरु हुनसक्ने, मानप्रतिष्ठामा धक्का लाग्ने, बन्न आँटेको काम विग्रने सम्भावना भएकोले आज सावधानरहनुहोला । लगानीको लागि आज दिनराम्रो छैन ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक पक्ष कमजोर रहने, मानसिक तथा पारिवारिक समस्याले तनाव दिनसक्ने, समयमै कामहरु नबन्ने, खानपान नमिल्ने, स्वास्थ्यको ख्याल गर्ने विशेष गरिरुघा खोकी, निमोनिया, श्वास तथा छाति सम्बन्धि समस्या हुनेहरुले विशेष सतर्कता अपनाउनुपर्नेछ, नेत्रपीडा वा अनिद्राको समस्याले पनि दुख दिन सक्नेछ, कलह र विवादबाट टाढा रहनुभएमा दिन तुलनात्मक रुपमा सुखद रहनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन प्रसन्न रहने, पारिवारिक तथा सामाजिक सुखले सकारात्मक उर्जा प्राप्त हुने दिनछ, भोगविलास र मनोरन्जन सुख, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको प्राप्ति, स्वागत सत्कारमा वा मीठो खानपानमा सरीक भइने, धन लाभ वा वस्तु लाभ हुने, रोकिएको कार्य बन्नुको साथै शत्रुजनित पीडाबाट मुक्ती पाइन योग छ । विद्यार्थीवर्गहरुलाइ दिन राम्रो रहनेछ । व्यापारव्यवसायमा लाभ । नयाँ कार्यमा लगानीको लागि समय राम्रो छ ।
दिन उत्साहजनक रहनेछ । आनन्दमय शुरुवात हुने, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्यक्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शत्रूहरु पराजित हुने, मानसम्मान पाइने अथवा अरुले तँपाइको कदर गर्नेछन, पारिवारिक दाम्पत्य सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । महिलाहरुसँगको सम्पर्क बढने सम्भावना छ । विद्यार्थीहरुलाइ दिन राम्रो हुनेछ । अनावश्यक खर्चमाथि भने ध्यान दिनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सावधानि अपनाउनु पर्ने दिन छ । निर्णयहरु गलत हुनसक्ने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थ्य हानी विशेषत पेट सम्बन्धि समस्या आउनसक्ने, सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । यात्रामा कष्ट तथा दुर्घटनाको संभावना, कार्यक्षेत्रमा असफलता, दाम्पत्य तथा प्रेम सम्बन्धमा असमझदारी बढनसक्ने, कामुकता वा रसिकपना बढने, विद्यार्थीहरुको पढाइमा समस्या आउनसक्ने सम्भावना छ, व्यापारी तथा व्यवसायीवर्गहरुले विशेष सावधानी अपनाउनुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरायसी तथा मानसिक सुखमा कमी, आफन्तहरुसँग वैमनस्यता बढने, स्थाई सम्पत्ति सम्बन्धि विवाद हुनसक्ने, मन अस्थिर रहने वा अनावश्यक सोचिरहने, स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, खानपानमा तथा निद्रामा समस्या आउनसक्छ, छातीमा कष्ट, पीडा, धनहानी, मानसिक सन्ताप पर्ने, जल तथा स्त्रिजातिबाट भय वा समस्या आउनसक्ने, चिसोजन्य तथा संक्रामक रोगहरुबाट सावधान रहनुपर्नेछ, व्यवसाय तथा अफिसमा गतिरोधको सामना हुनसक्ला । लगानीलाइ समय अशुभ छ ।
दिन राम्रो रहनेछ, भाग्यले साथदिने । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मानसम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखापर्ने, वस्त्रलाभ, मित्रसुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ । विद्यार्थी तथा व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ, लगानीलाइ आज दिनराम्रो छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन प्रतिकुल रहन सक्छ, मानहानी, धन संचितीमा बाधा आउने, अनावश्यक खर्च भएर मानसिक तनाव हुने, व्यवसायमा घाटा, कार्यहरुमा बाधा आउन थाल्ने, धनको नोक्सानी, आँखा वा अनुहारमा समस्या आउनसक्ने, खानपानमा समस्या देखापर्ने, पढाइलेखाइमा मन नलाग्ने कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्न सक्छ । मनमा खराब प्रवृत्तिको विचार आउनसक्छ, साथै बोल्दा सचेत हुनुहोला ।