समय मिश्रित रहनेछ । अपरान्हसम्म मनमा प्रसन्नता, आर्थिक लाभ, पाहुना वा आफन्त भेटको योग छ भने १२ बजेपछि समय प्रतिकुल बन्नसक्छ, मानसिक तनाव तथा शारिरिक पिडा, शोक तथा कष्ट, अनावश्यक खर्च, आर्थिक हानी, कामहरु बिग्रन सक्ने वा गरेका कामको जस नपाउने अवस्था आउनसक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन राम्रो रहनेछ । चिताएको पुग्ने, कार्यमा सफलता, उत्तम स्वास्थ्य, आर्थिक लाभ हुने । साथीहरुको सहयोग पाइने । मित्र अथवा पाहुनाहरुसँग उत्तम भोजन तथा भोगविलास र रमाइलोमा समय बित्न सक्नेछ, परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । आयस्रोतमा बृद्धि, गरेका कार्यहरु सफल हुने समय छ । सन्तानको लागि खर्च हुनसक्छ, लगानीको लागि समय उत्तम छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अपरान्हपछि दिन शुभरहनेछ । ईच्छित फल प्राप्त हुने, भाग्यसुख, शारिरिक निरोगिता, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा सोचे अनुसार हुने स्थिति बन्दैछ, कार्य क्षेत्रमा सफल भइने वा मानसम्मान, यश प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ, भूमि, वाहन, भौतिक सामाग्री सुखको साथै पारिवारीक सुख प्राप्त हुने योग छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अस्थिर छ । कर्मक्षेत्रमा गतिरोध, शारिरिक अस्वस्थता, मनमा चिन्ता, पीडा अथवा भयले आक्रान्त पार्ने, मेहनत अनुसार फल पाउन गाह्रो हुने, किचकिच, झमेला, झगडा हुने समय चलिरहेकोले सावधान हुनुहोला, घटना र परिस्थिती प्रतिकुल हुने समय चलेको छ, कानुनी समस्या वा बन्धनबाट सकेसम्म जोगिनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अपरान्हपछि स्थिति प्रतिकुल हुनसक्छ, अनिष्ट फलहरुको प्राप्ति हुनसक्ने भएकोले सावधान रहनुहोला, कलह र विवादबाट सकेसम्म टाढा रहनुपर्ने देखिन्छ, धनको दुरुपयोग तथा अत्यधिक खर्च हुने योग छ । स्वास्थ्यमा समस्या आउने र निरर्थक भयले ग्रसित हुने सम्भावना पनि छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन राम्रो रहनेछ, शारिरिक निरोगिता, शत्रु बाधा हटने, धन आगमन हुने, यश मान पाइने, लाभकारक र सुखदायी बसाइ हुने, विलासिताका सामग्री जुटने, मानसिक सन्तोष प्राप्त हुने तथा दाम्पत्यजीवन सुखमय हुने योग छ, व्यापारी र व्यवसायीलाई पनि आज दिन राम्रो रहनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अपरान्हपछि दिन उत्तम रहनेछ, भाग्यले साथ दिनेछ, कष्टबाट मुक्ति पाइने, आर्थिक लाभ हुने, शारिरिक निरोगिता, शत्रुमाथि विजय प्राप्ति, मन सन्तुष्ट रहने र उत्साहवर्धक घटनाहरु घटन सक्छन । व्यवसायी, जागीरे र विद्यार्थीहरुलाइ दिन शुभ रहनेछ ।
दिनप्रतिकुल रहनेछ । मानसिक परेशानी, स्वास्थ्यमा समस्या आउनसक्ने, गरेका कार्यमा विध्न बाधाहरु आउने, अपमान सहनुपर्नेसम्मको अवस्था आउनसक्छ, मानसिक खिन्नताले आज दुखी बनाउनसक्छ, कुनैपनि कुराहरुप्रति आज आशक्ति नराख्नुहोला, सकारात्मक सोच राखेर अघि बढेमा दिन सहज रहनेछ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति प्रतिकुल हुनसक्नेछ, मनमा डरले सताउने, धनहानी, खर्चमावृद्धि, शारिरिक अस्वस्थता, पेटमा समस्या, चित्त चंचल हुने, कार्यमा बाधा व्यवधान आउनसक्ने, भोजन तथा निद्रामा असुविधा हुने, आफन्त तथा बन्धुबान्धवबीच मनमुटाव हुनसक्ने, व्यापारव्यवसायमा गतिरोध आउनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अपरान्हपछि दिन राम्रो हुनेछ । तँपाइले सोचे गरेको कार्यहरुमा सफलता मिल्ने, मन प्रसन्न रहने, नयाँ प्रयासले फाइदा दिंनेछ, आत्मविश्वास बढने, सानो तथा छोटोदुरीको लाभदायी भ्रमण हुनसक्ने, बस्त्रलाभ, धनलाभ हुने, दाम्पत्यजीवन सुमधुर रहने, गृहिणी तथा विद्यार्थीहरुको लागि १२ बजेपछि समय शुभ हुनेछ, व्यवसायीहरुलाइ पनि दिन राम्रो रहनेछ ।
धन तथा कुटुम्ब हानीको योग भएकोले विशेष सावधानी अपनाउनुहोला । मानसिक असन्तोष, नेत्रपीडा, अनावश्यक खर्चले संचित धनमा कमी आउनेछ । कतैबाट आउन आँटेको पैसा रोकिन सक्छ । मनमा गलत विचारहरु सलबलाउने छन । नैतिकमूल्य तथा मान्यतामा ह्रास आउनसक्ने, खानपानको कारणले स्वास्थ्यमा गडबडी आउनसक्छ । लगानीलाई समय प्रतिकूल छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो बन्ने छ, सकारात्मक विचार र उत्साहले मनोबलमा बृद्धि हुनेछ । भाग्यले साथ दिनेछ, उत्तम स्वास्थय, मिठो भोजन, मानसिक तथा भौतिक सुखको प्राप्ति, अरुले आदरसत्कार र कदर गर्नेछन, महत्वाकाँक्षी विचारहरुलाइ कार्यान्वयन गर्न दिन शुभ छ । कार्यस्थलमा लाभ, मान सम्मान प्राप्ति हुने योग छ । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ काम शूरु गर्ने राम्रो समय आएको छ ।