YouTube Link

सरकारले शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्यायो

Facebook Link

काठमाडौं:  सरकारले शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याएको छ । सरकारी सेवा सुविधा लिँदा कागजात बुझाउनुपर्ने झण्झट अन्त्य हुने भएको छ । सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमा सरकारी सेवा भन्ने नाराका साथ नागरिक एप सुरु गरिएका हो ।

सरकारले प्रदान गर्ने सबै प्रकारका सेवालाई डिजिटलाइज्ड गरी एकीकृत प्लेटफर्म मार्फत सेवा प्रवाह गर्ने लक्ष्य सहित उक्त एप सञ्चालनमा ल्याएको हो । नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजात साथमा बोकर हिडिरहनुपर्ने झण्झट अब नहुने छ । सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरु सहज र प्रविधिमैत्री बनाउने नीति अनुरुप सरकारी काम काजको अनुगमन, सुनुवाइ, तथा सम्बोधन गर्ने उदेश्य अनुसार एप सार्वजनिक गरिएको हो ।

सिंहदरबारमा शुक्रबार आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार तथा सूचनाको उच्चतम प्रयोग गर्दै नागरिकलाई हात हातमै सरकारी सेवा उपलब्ध गराउने एप सञ्चालनमा ल्याएको बताए । एपले स्वचालित रुपमा आवश्यक विवरण लिने तथा पुष्टि गर्ने काम गर्दछ ।

मन्त्री गुरुङले सो सेवा आम नागरिकलाई उपलब्ध गराउने  सम्बन्धमा करिब ३ वर्षअघि नेपाल सरकारको नीति तथा कार्यक्रमबाट पारित भएको थियो । ‘कम खर्चमा नेपाल सरकारद्वारा प्रदान गरिने सबै प्रकारका सेवालाई डिजिटलाइज्ड गरी एकीकृत प्लेटफर्म मार्फत सेवा प्रवाह गर्ने लक्ष्य बमोजिम एप निर्माण गरिएको हो,’ उनले भने ।

नागरिक एपमा विभिन्न सरकारी कार्यालहरुसँग भएको विवरणहरुको प्रयोग गरी नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ ।  एपमा आगामी दिनमा राष्ट्रिय परिचयपत्रलाई पनि जोडिनेछ र नागरिकता नम्बरको  भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रकृया थाल्न सकिन्छ । आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट यो एप र यसमा रहेको सुविधा प्रयोग गर्न सकिन्छ ।

संघदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमश यो एपबाट प्रदान गरिने छ । स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमा उपलब्ध हुनेछन् । यसमा क्लक गरेकै भरमा सम्बन्धित सरकारी कार्यालयका लागि आफैँ आवेदन भरिन्छ ।

यो पनि पढ्नुहोस् :

पाम आयलमा प्रतिबन्धसंगै ९० प्रतिशत तेल उद्योग धरासायी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...