दिन शुभ रहनेछ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि, स्त्री सुख पारिवारिक सुख, साथीहरुसँग बसिवियाँलो वा रमाइलो खानपानमा सरीक भइने, स्थाई वस्तुहरुको प्राप्ति, प्रेमीजोडीहरुको लागि रमाइलो दिन छ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय आएको छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन राम्रो छ, आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँटे गरेका कामहरु बन्ने, धन लाभ हुने, मानसम्मान वा अरुले तँपाइको कदर गर्ने, मन उदार र प्रसन्न रहने, सबैसँग मैत्रि भाव भइ ठूला कार्यहरु सम्पन्न हुनेछन् ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन आशा गरेअनुसार नहुनसक्छ, कुनैकुराले मन बेचैन गराउनेछ, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्तहुने, कष्टपाइने, बन्धनमा बाँधिएको महसुस हुनेछ, उच्चा धिकारीहरुबाट समस्या आउने वा मान भंग हुनेखालको अवस्था नआउला भन्न सकिँदैन, पेट सम्बन्धि कुनै रोग छ भने विशेष सावधान हुनुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सावधान हुनुपर्ने दिन छ, भय तथा चिन्तापर्ने, क्षुद्र रोग बल्झने, कलह तथा विवादको अवस्था आउने, धनहानी, दुर्घटना तथा चोटपटकको सम्भावना छ, कुनै अनधिकृत घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न, सचेत रहनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन सुखद रहनेछ, पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, निद्रा तथा भोजन सुखको प्राप्ति, सवारी सुख वा वाहन प्राप्तिको योग छ, धनको वृद्धि, विपरित लिगींसँग प्रेम, भाइ अथवा कम उमेरको मानिसबाट लाभ पाइने, द्रव्य वा वस्त्र लाभको सम्भावना छ, दाम्पत्य सुखमय बन्ने, साझेदारीको लागि राम्रो दिन छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन प्रसन्न दिने खालको छ, धन तथा सुखको प्राप्ति, शत्रु बाधाबाट मुक्ति मिल्ने, रोगमाथि विजय पाइने, प्रेमी वा मनपरेको मान्छेको आगमन हुने वा भेट हुने सम्भावना छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन अनुकुल नहुनसक्छ, विवशताले किम्कर्तव्य विमुढहुनुपर्ने अवस्था आउनसक्छ, मन अशान्त रहने, मार्गमा बिध्न बाधाहरु तेर्सिने, मुडको अस्थिर हुने, झर्किने वा झोक्किने अवस्था नआउला भन्न सकिँदैन, कुनैविशेष वस्तु वा चाहनाको हकमा धनको अभाव महसुस हुनेछ, स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नुहोला ।
दिन प्रतिकुल छ, धनहानी, अनावश्यक खर्च, पारिवारिक तथा मानसिक सुखमा कमी, बन्धुबान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुनसक्छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन राम्रो छ, कार्यहरु सफल हुने, धन तथा वस्त्र लाभ, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ तथा मान कदर पाइने, स्त्रि वर्गबाट सहयोग तथा सुख पाइने, धातु खरीद हुने वा प्राप्त हुने योग छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुक्ल पक्षको चन्द्रमा छ भने दिन अनुकुल रहनेछ, तर कृष्णपक्षको चन्द्रमा छभने, मानसिक असन्तोष दिने, आँखा मुख सम्बन्धि समस्या आउने, धन हानी तथा खानपानमा अनपेक्षित परिवर्तन आउनसक्छ ।
दिन लाभदायी छ, चिताएको पुग्ने, मन प्रसन्नहुने, धनप्राप्ति, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोग नाश, मानसम्मान यश प्राप्ति, कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन राम्रो रहनेछ । शुभसमाचारहरु आउन सक्छन् । शरिरको कान्तिवृद्धि, आर्थिक लाभ । शत्रुनाश । मित्रबाट फाइदा । उत्तम वस्त्र तथा भोजन प्राप्ति । भोगविलासमा मनजानेछ । नयाँ कार्यको शुरुवात गर्नलाई दिनराम्रो छ । संचित धनमा वृद्धिको योग छ । आयस्रोतको नयाँ बाटो फेला पर्नसक्छ, प्रयास गर्नुहोला । अडकिएका कार्यहरुले गतिलिनेछ । मानसम्मानमा बृद्धि, पद, सम्मानको प्राप्ति प्रेमसम्बन्धमा सफलता । विद्यार्थीवर्गलाई राम्रो । सन्तानको लागि खर्च हुनसक्नेछ । स्वास्थ्यको भने ख्यालगर्नुहोला ।