आजको राशिफल: Aajako Rashifal
वि.सं.२०७७ भदौ १ सोमवार ०८:०५
2.1K
shares
मेष – ARIES:
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला । बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ । महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् । निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।
वृष – TAURUS:
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ ।
मिथुन – GEMINI:
का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । मानसम्मानमा बाधा पुग्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ । विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ । अध्ययनमा प्रगति हुनेछ ।
कर्कट – CANCER:
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्य अनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ ।
सिंह – LEO:
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ ।
कन्या – VIRGO:
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।
तुला – LIBRA:
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । नाम, दाम र इनाम कमाउने बेला छ पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।
वृश्चिक – SCORPIO:
तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । दौडधुप गर्दा पनि परिस्थितिवश काम अधुरो रहला । गोप्य सूचना बाहिरिन सक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
धनु – SAGITTARIUS:
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । अस्वस्थता र कमजोरी अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । हुलमुलमा धनमाल गुम्न सक्छ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । उपचारमा खर्च हुने समय छ ।
मकर – CAPRICORN:
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा छोटो समयमा मनग्गे फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला ।
कुम्भ – AQUARIUS:
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ । पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।
मीन – PISCES:
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको मेसो नमिल्दा केही पछि परिएला । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । परिबन्धले काममा बाधा पुर्याउला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । बुद्धिको उपयोगले काम बन्नेछ ।
नेपाली पात्रोबाट साभारः – उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
वि.सं.२०७७ भदौ १ सोमवार ०८:०५















