YouTube Link

‘स्व. बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता हुने

World Cup 2026
Facebook Link

 

काठमाडौं: क्रिम्पान्जी एड्भेन्चर हबमा ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता पहिलो पटक आयोजना हुने भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आज पत्रकार सम्मेलन गर्दै यही चैत १ गते प्रतियोगिताको आयोजना हुन गइरहेको पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले जानकारी दिए ।

 

पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गर्ने कार्यक्रमको बारेमा अध्यक्ष शेर्पाले जानकारी गराएका थिए । “यसको माध्यमबाट साहसिक खेलकुद उद्योगमा सकारात्मक प्रभाव पार्ने तथा सहभागीहरूका कारण नेपालमा खेलकुद आरोहण विकासको अनुभव बढाउने लक्ष्य राखेका छौ” अध्यक्ष शेर्पाले बताए ।

 

अल्पाइन स्पोर्ट संघ–नर्थ अमेरिका–नेपाल गठन भएको समेत कार्यक्रम मार्फत् जानकारी दिनुका साथै साहसिक पर्वतीय खेलकुदहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उदेश्यले न्यूयोर्कमा पर्वतीय खेलकुद संघ गठन गरिएको पर्वतीय खेलकुद संघका अध्यक्ष शेर्पाले बताए । यस किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ

 

कार्यक्रममा सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गीय बाबु छिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएको र उनको योगदान स्मरणीय हुनुपर्ने बताइन् । ‘कीर्तिमानी आरोहीलाई विर्सनेक्रम बढेकाले स्मरण योग्य बनाउन हालसम्म प्रतियोगिताहरु पनि नभएको हुनाले उनको सम्झनामा गर्न लागिएको हो’ संघकी अध्यक्ष शेर्पाले बताइन् । उनले प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने बताइन् । ‘बाबु छिरी शेर्पाको सालिक र संग्रहालय बनाउन संघका पूर्व अध्यक्ष लगायतको योगदान भएकोले हालसम्म संघले नै रेखदेख गर्दै आइरहेको छ’, उनले थपिन् ।

 

यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गर्ने भएको छ । उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्टै आयोजना हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद पुरस्कार पचास हजार, तीस हजार र पन्ध्र हजार प्रदान गरिने छ ।

 

स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान् पर्वतारोही मानिन्छ । १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित)  शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन् ।

 

वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए (अझै पनि रेकर्ड कार्यम नै रहेको) र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए । सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा दुर्भाग्यवस् उनको मृत्यु भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...