YouTube Link

पर्यटन मन्त्रालयमा ४ अर्ब २० करोड बेरुजु

Facebook Link

 

काठमाडौं: आर्थिक वर्ष माघको दोस्रो सातासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बेरुजु ४ अर्ब २० करोड रुपैयाँ रहेको पाइएको छ । मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा र मन्त्रीस्तरीय विकास समाधान समितिको बैठकमा सहसचिव हेमराज तामाङले पेश गरेका हुन् ।

 

मन्त्रालयका अनुसार सरकारी र समितितर्फको गरी कूल ४ अर्ब २० करोड रुपैयाँ बेरुजु छ । क्यासिनोहरुले रोयल्टी नदिएका कारण १ अर्ब २१ करोड रुपैयाँ असुल उपर गर्न बाँकी रहेकाले बेरुजु बढेको जनाईइको छ । उक्त रकम असुलका लागि मन्त्रालयले पर्यटन विभाग र विभागले सम्बन्धित क्यासिनोहरुमा पत्रचार गरिसकेको छ । कतिपय बेरुजुहरू सार्वजनिक लेखा समितिबाट छलफल भई टुङ्गो नलागेका कारण फर्छ्यौट हुन बाँकी रहेको सहसचिव तामाङले बताए ।

 

सहसचिव तामाङका अनुसार पुरातत्त्व विभाग र पर्यटन विभाग अन्तर्गतका कार्यालयहरु प्रदेश मन्त्रालय र स्थानीय तहमा हस्तान्तरण भएका कार्यालयहरूको ५ करोड ८७ लाख रुपैयाँ बेरुजु सक्कल स्रेस्ता नहुँदा फर्छ्यौट हुन नसकेको हो । उनले भने, ‘हामीले महालेखापरीक्षकसँग बसेर सम्बन्धित कार्यालयका लेखा हेर्ने अधिकृत र मन्त्रालयको समेत लेखा अधिकृत बसेर स्रेस्ता खोज्ने भएका छौँ । स्रेस्ता फेला परेपछि बेरुजु फर्छयोट हुन्छ ।’  मन्त्रालयका अनुसार समितिहरूतर्फ पशुपति विकास कोषको ७० करोड बेरुजु फर्छ्यौट भएको छैन । केही समितिहरू स्थानीय तह र प्रदेश मन्त्रालयमा हस्तान्तरण भएकाले सकल स्रेस्ताहरू सम्बन्धित स्थानीय  तह र मन्त्रालयमा रहेकाले ४ करोड ६४ लाख रुपैयाँ फर्छ्यौट हुन नसकेको मन्त्रालयले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...