अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्छ: मन्त्री किराती
वि.सं.२०८० माघ १३ शनिवार १५:४६
1.3K
shares
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् ।
शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरे । उनले निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताए ।
मन्त्री किरातीले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको बताए । निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले विस्तारै निगम माथि उठ्दै गएको अनुभूति भएको बताए ।
मन्त्री किरातील भने, ‘मलाई लाग्छ साँच्चै हाम्रो निगम गौरवको विषय बन्नेछ । सबैले इमान्दार भएर लागौँ । एक वर्ष सबैले इमान्दार होऔँ । यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ ।’
वि.सं.२०८० माघ १३ शनिवार १५:४६




















