YouTube Link

पोखरामा अरुणा लामा-तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुँदै

Facebook Link

 

पोखरा: हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्जको सह-आयोजनामा आज पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुँदैछ ।

 

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरूको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उनीहरूप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।

 

पोखराको न्यूरोड सङ्गम मार्गमा साँझ साढे पाँच बजेदेखि साढे सात बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारले उनीहरूकै गीत गाएर सम्मान गर्नेछन् ।

 

प्रकाश सायमीले स्मृति प्रवचनबाट कार्यक्रमको सुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरूले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्नेछन् ।  मितु पालले अरुणा लामाको ‘म त चुपचाप बसेँ’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट साङ्गीतिक प्रस्तुतिको सुरुवात गरेपछि इतु जोजिजुले अरुणा लामाको ‘यहाँ फूल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर सम्मान दिनेछन् ।

 

त्यसपछि शीतल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी’ र तारादेवीको ‘एक फूल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य’ र तारादेवीको ‘फूलैफूलको मौसम तिमीलाई’ तथा अजुदा थापाले अरुणा लामाको ‘काल काल सल सल‘ र तारादेवीको ‘तिम्रो नाउँ झैँ छ ओठमा’ बोलको गीत अरुणा लामा र तारादेवीप्रति समर्पण गरिनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...