पोखरामा अरुणा लामा-तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुँदै

वि.सं.२०८० माघ १३ शनिवार १६:०६
1.2K
shares
पोखरा: हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्जको सह-आयोजनामा आज पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुँदैछ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरूको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उनीहरूप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।
पोखराको न्यूरोड सङ्गम मार्गमा साँझ साढे पाँच बजेदेखि साढे सात बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारले उनीहरूकै गीत गाएर सम्मान गर्नेछन् ।
प्रकाश सायमीले स्मृति प्रवचनबाट कार्यक्रमको सुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरूले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्नेछन् । मितु पालले अरुणा लामाको ‘म त चुपचाप बसेँ’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट साङ्गीतिक प्रस्तुतिको सुरुवात गरेपछि इतु जोजिजुले अरुणा लामाको ‘यहाँ फूल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर सम्मान दिनेछन् ।
त्यसपछि शीतल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी’ र तारादेवीको ‘एक फूल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य’ र तारादेवीको ‘फूलैफूलको मौसम तिमीलाई’ तथा अजुदा थापाले अरुणा लामाको ‘काल काल सल सल‘ र तारादेवीको ‘तिम्रो नाउँ झैँ छ ओठमा’ बोलको गीत अरुणा लामा र तारादेवीप्रति समर्पण गरिनेछ ।

वि.सं.२०८० माघ १३ शनिवार १६:०६