YouTube Link

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा पर्यटन पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि आवेदन आव्हान

Facebook Link

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमका लागि देशभरबाट ७ सय १३ वटा आयोजनाको आवेदन आव्हान गरेको छ ।

मन्त्रालयले प्रदेश र स्थानीय तहमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी आयोजना सञ्चालन गर्न भदौ २ गते मंगलबार सूचना जारी गरी सो प्रस्ताव माग गरेको हो ।

संघिय सरकारले प्रति आयोजना ३० करोड रुपैयाँसम्म लागत व्यहोर्ने गरी पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी आयोजना-कार्यक्रम अघि सारेको छ ।

प्रस्तावकले प्रस्ताव पेश गर्दा साँस्कृतिक-धार्मिक परिपथ र परिपथभित्र पर्ने साँस्कृतिक, पुरातात्विक, तथा पर्यटकीय महत्वका पूर्वाधार, ऐतिहासिक वा साहासिक पदमार्ग, योग पर्यटन, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार, एकीकृत पर्यटकीय सूचना केन्द्र, ताल तथा पार्क निर्माण, संग्राहलय विकासका लागि पूर्वाधार निर्माण सम्बन्धि कार्यक्रम प्रस्तावमा पेश गर्न सकिने व्यवस्था गरेको छ ।

मन्त्रालयले आव्हान गरेको उक्त कार्यक्रममा गाउँपालिकाहरूबाट ३ सय ७७,  नगरपालिकाहरूबाट ३ सय ७,  उपमहानगरबाट १०,  महानगरपालिकाहरूबाट ९ र सात प्रदेशबाट १० वटा गरी कुल ७ सय १३ वटा आयोजनाको प्रस्ताव आव्हान गरेको छ । गाउँपालिकाबाट सबैभन्दा धेरै प्रस्ताव आएको र आयोजनाहरुको सट लिष्टिङ गरेर मूल्यांकन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

आयोजनाहरू १ वर्ष २ वर्ष र ३ वर्षसम्मको रहने छ । उक्त योजनाका लागि ३३ अर्ब १ करोड ८१ लाख ३५ हजार लागत माग भएको र प्रदेश तथा स्थानीय तहले करिब १२ अर्ब लागत व्यहोर्ने प्रतिबद्धता जनाएको छ । यस वर्ष उक्त कार्यक्रमका लागि ८० करोड बजेट छुट्याइने र नपुग बजेट अर्थ मन्त्रालयसँग माग गर्ने मन्त्रालयले जनाएको छ ।

साझेदारी कार्यक्रमका सञ्चालन गर्न प्रदेश सरकार र महानगरपालिकाले ५०/५० प्रतिशत, उपमहानगरपालिकाले ४० प्रतिशत, नगरपालिकाले ३५ प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यहोर्नु पर्नेछ । गाउँपालिकाले ५ करोड, नगरपालिकाले ७ करोड, उपमहानगरपालिकाले १० करोड र महानगरपालिकाले १५ करोड बजेट व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...