Rajshow Bivag

नेपाल राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सव समारोह सम्पन्न, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन: पूर्व गभर्नर रावल

Departmant of helth services

 

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

 

वार्षिकोत्सव समारोहमा बोल्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्र बैंक शाखाका अध्यक्ष राजीव शर्मा रेग्मी आफूहरू केन्द्रीय बैंकको स्वायत्तताको पक्षमा रहेको बताएका छन् । उनले भने, ‘राष्ट्र बैंकको स्वायत्तताको पक्षमा छौं । केही घटनाक्रमले दुःखित छौं ।  राष्ट्र बैंकजस्तो संस्था अस्थिर हुनु हुँदैन ।’

 

गभर्नर महाप्रसाद अधिकारीका विषयमा सरकारले गरेको निर्णयप्रति लक्षित गर्दै उनले अदालतमा प्रवेश गरेको विषयमा धेरै बोल्न नहुने बताए ।

 

राष्ट्र बैंकका तीनवटै कर्मचारी संघको सहमति नहुँदा नहुँदै कर्मचारी सेवा विनियमावली संशोधन हुन लागेको उल्लेख गरे । उनले भने, ‘सहमतिबिना विनियमावली संशोधन हुन्छ भने स्वीकार्य हुँदैन । एचआर प्यान अध्ययन एकातिर र कार्यान्वयन अर्कातिर हुन्छ ।’

 

३० वर्ष काम गर्दा पनि कर्मचारीको बढुवा नहुने अवस्था आउन लागेको भन्दै उनले असन्तुष्टि जनाए ।

 

कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रूद्र रेग्मीले वार्षिकोत्सव मनाउँदा अप्ठ्यारो मान्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

 

‘२०५८ सालमा आएको ऐनले राष्ट्र बैंकलाई स्वायत्त बनाएको थियो । त्यसपछि पनि वित्तीय माफियाको चंगुलमा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भयो । तत्कालीन गभर्नर विजयनाथ भट्टराई निलम्बनमा परे । अदालतले न्याय दिएपछि राष्ट्र बैंकको स्वायत्तता स्थापित भयो,’ उनले भने, ‘अब राष्ट्र बैंकमा हस्तक्षेप हुँदैन भन्ने अपेक्षा थियो । तर, आफ्नो भूमिकामा सिन्को भाँच्न नसक्ने सरकारले अवैधानिक निर्देशन दिने अमूक पार्टीको गुटको बहकाउमा गभर्नर निलम्बन गरिन्छ ।’

 

नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्र बैंक शाखाका अध्यक्ष रेशमबहादुर बल्छौँडीले सरकारलाई केन्द्रीय बैंकले सहयोग गरे पनि सरकारलाई विश्वास नभएको बताए ।

 

यसैबीच वाषिर्कोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले अहिले अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । समारोहमा बोल्दै अर्थतन्त्र समस्या रहेको र दुर्घटनामा जान सक्ने बताएका हुन् ।

 

तर, यो समस्या विश्वव्यापी रुपमा आएको भन्दै कुनै व्यक्तिको कारण अर्थतन्त्रमा समस्या नभएको उनले बताए । ‘अर्थतन्त्र समस्या त छ, तर कुनै एक प्रधानमन्त्री, अर्थमन्त्री, पार्टीका नेताका समस्यामा परेको होइन’ उनले भने, ‘राष्ट्र बैंकले केही गर्न सकेन भन्ने कुरा पनि गलत हो, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन ।’

 

बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेको र यसले अर्थतन्त्र दुर्घटना उन्मुख बनेको बताए । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने उनले बताए ।

 

बजेटभन्दा व्यापारघाटा धेरै भएको भन्दै उनले अब उत्पादनमा जोडदिनुपर्ने बताए । समस्याको विषयमा सबै पार्टी बसेर समाधान खोज्न समेत उनको अनुरोध छ । गभर्नर निलम्बन प्रकरणमा उनले २० वर्षअघि आफूले जस्तै महाप्रसाद अधिकारीले न्याय पाएको बताए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...