YouTube Link

नेपाल उद्योग परिसंघले २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

Facebook Link

काठमाडौं:  नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत मंगलबार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन्।

 

नेपाल उद्योग परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिन्डर हस्तान्तरण गरेको छ।

 

यसैगरी परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगन्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।

 

स्वास्थ्य मन्त्रालयमा आयोजित हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले विपदको समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिए। उनले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्त गरे।

 

परिसंघका अध्यक्ष मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रका तर्फबाट सरकारलाई सधैँ साथ र सहयोग रहने बताए। उनले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रका तर्फबाट यस्तै सहयोग रहने प्रतिबद्धता गरे।

 

कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिन्डर अभाव भइरहेको छ। परिसंघले कोभिड संक्रमितको उपचारमा चाप व्यहोरेका अस्पतालका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो।

 

यो पनि पढ्नुहोस् :

मोरङ जिल्लाका सवै बैंक तथा वित्तीय संस्थाहरु बन्द

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...