YouTube Link

विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु    

Facebook Link

काठमाडौं: ललितपुर महानगरपालिका-२ स्थित बिपि पार्कको साईडमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट  पैदलयात्री नुवाकोट घर भएका ३० वर्षीय टप बहादुर तामाङको घटनास्थलमै सोमबार राति मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी ललितपुर, खुमलटारस्थित सडकमा ना।६ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा काम गर्ने ललितपुर महानगरपालिका-१० पाटनढोका बस्ने सोलुखुम्बु भुलुङ गाउँपालिका-८ दुधकोशी घर भएका ५५ वर्षीय अर्जुन बिकको सोमबार दिउँसो मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

डडेलधुरा, गन्यापधुरा गाउँपालिका-२ रडुवागजरौला स्थित सडकमा प्रदेश ०१ ००८ प २४५२ नम्बरको मोटरसाइकल सडकबाट ६० मिटर तल खोलामा खसेर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक डोटी दिपायल सिलगढी नगरपालिका-५ बागठाँटा बस्ने ३२ वर्षीय शंकर भुलको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीया जुनकिरी भुलको सोही अस्पतालमा उपचार भइरहेको  छ ।

रामेछाप, दोरम्बा गाउँपालिका-४ सानो शैलुङस्थित सडकमा ना।७ त ८७३ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय  मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको सोमबार घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्याक्टर चालक दोरम्बा गाउँपालिका-७ पुडिटार बस्ने २७ वर्षीय पेमा लामा र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय फुर्वा दोर्जे लाप्साई रहेका छन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-८ गहतेखोलास्थित सडकमा रा।५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उमहानगरपालिका-६ बस्ने २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...