काठमाडौं बाहिर जान प्रशासनबाट जारी भएको पास चाहिने
वि.सं.२०७७ भदौ २६ शुक्रवार १५:५८
3K
shares
काठमाडौं: काठमाडौं उपत्यकाभित्रका नाकामा आवतजावतमा कडाई गरिएसंगै काठमाडौंबाट बाहिर जान प्रशासनबाट जारी भएको पास लिएरमात्र जान पाइने छ।
अहिले कोरोना भाईरस महामारिका कारण लामो दुरीको सवारी साधन चलेको छैन । अब अत्यावश्यक काममा पनि प्रशासनबाट जारी भएको पास लिएरमात्र काठमाडौं बाहिर जान पाइने छ।
दाह संस्कार, बिरामी भएमा, कुनै पनि कर्मचारीको सरुवा लगायत अत्यावश्यक काममा भने जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा सवारी पास लिएर जिल्ला बाहिर जान पाइनेछ।
काठमाडौँ उपत्यका बाहिर जानुको कारणसहित आफू बसेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने साथै जानु पर्ने ठाउँको जिल्ला प्रशासन कार्यालयले दिएको सिफारिस पत्र पेस गर्नुपर्ने छ।
जस्तै तपाई काम परेर रामेछाप मन्थलि नगरपालिका जादै हुनुहुन्छ भने तपाईले जिल्ला प्रशासन कार्यालय रामेछाप र मन्थलि नगरपालिकाले तपाईलाई आउन दिएको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले जाने व्यक्ति स्वयम् उपस्थित भई आवश्यक देखिएको खण्डमा सवारी पास उपलब्ध गराउने र पासमा तोकिएको मानिसभन्दा बढी मानिस जान नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार १५:५८


















