नेपालमा कोरोना संक्रमितको संख्या ४०,५२९ जना पुग्याे
वि.सं.२०७७ भदौ १६ मंगलवार १९:२०
1.5K
shares
काठमाडाैं: पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ६९ जना सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४० हजार ५ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मंगलबार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका छन्।
देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा थप ७ सय ६८ जना सहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ उपचारपछि निको भएका छन्।
वि.सं.२०७७ भदौ १६ मंगलवार १९:२०



















