मेगा बैंकको सस्तो ब्याजदरमा कर्जा सुविधा
वि.सं.२०७७ साउन १३ मंगलवार १७:१९
2.1K
shares
काठमाडौँ: मेगा बैंक नेपाल लिमिटेडले सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ ।
मेगा बैंक नेपाल लिमिटेडको दशौं बार्षिकोत्सवको अवसर पारेर आफ्ना ग्राहकहरुलाई ८.३२ ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना ल्याएको छ ।
उक्त योजना लागु भएसंगै साना तथा मझौला व्यवसायी ग्राहकहरुले एक करोड सम्मको कर्जा लिँदा ८.३२ ब्याजदरमा कर्जा पाउने र उक्त ब्याजदर एक बर्ष सम्म नबढ्ने बैंकले जनाएको छ ।
बैंकको देशभर रहेका २ सय ६ वटा शाखाबाट यो सुबिधा लिन सकिने छ । ग्राहकहरुले आवश्यक सम्पूर्ण कागजात सहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने बैंकले जनाएको छ ।
वि.सं.२०७७ साउन १३ मंगलवार १७:१९




















