YouTube Link

यसरी जोगाउनुहोस गर्मीमा बालबालिकालाई हुने रोगबाट

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: गर्मीमा बालबालिकाहरुमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो । तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ । गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ । भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ ।

 

गर्मीको मौसममा यी समस्याबाट बच्नुपर्छ:

सनस्ट्रोक: सामान्यत गर्मीमा सनस्ट्रोकको समस्या हुन्छ । यो मौसममा शरीरले आफैंलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ । यसैले सनस्ट्रोकबाट बच्नका लागि भरपूर मात्रामा पानी पिउनुपर्छ । हिटस्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ ।

 

डाबर आउनु: गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउछ । यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ ।

 

एलर्जी: धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम हो। यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न ।

 

हैजा, टाइफाइड र जण्डिस: यी सबै पानीका कारण हुने रोग हुन् । यसबाट बँच्न सकेसम्म बाहिर खानुहुन्न । बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ । गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदुषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन् । ब्याक्टेरिया तातो र नुनिलोपानीको माहौलमा पैदा हुन्छन् । ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तन्छन् ।

 

लामुखट्टेका कारण हुने समस्या: घरवरिपरी जम्मा हुने पानी लामखुट्टेको बासस्थान बन्छन्, लामुखुट्टेको टोकाईका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन् ।

 

कसरी बच्ने ?

सडकमा बेच्न राखिएका काटेका फलफुल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउनुहोस् । यस्तो मौसममा बच्चाहरुलाई मसालेदार र तारेका खानेकुरा नखुवाउनुहोस् । यस्ता खानेकुरा सजिलोसंग पच्न सक्दैनन् । उनीहरुलाई ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउनुस् ।

 

बच्चालाई तिर्खा नलागे पनि पानी पिइरहन प्रेरित गर्नुहोस्, यसले शरीर सुख्खा रहन दिँदैंन । उनीहरुलाई कागती पानी, नरिवलको पानी र अन्य प्राकृतिक तरल पदार्थ दिनुपर्छ । बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिनुहोस्। तन्दुरुस्तीका लागि आफूसंगै बच्चालाई पनि बिहान बेलुकी कसरत गराउनुहोस् ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...