YouTube Link

यसरी जोगाउनुहोस गर्मीमा बालबालिकालाई हुने रोगबाट

Facebook Link

 

काठमाडौं: गर्मीमा बालबालिकाहरुमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो । तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ । गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ । भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ ।

 

गर्मीको मौसममा यी समस्याबाट बच्नुपर्छ:

सनस्ट्रोक: सामान्यत गर्मीमा सनस्ट्रोकको समस्या हुन्छ । यो मौसममा शरीरले आफैंलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ । यसैले सनस्ट्रोकबाट बच्नका लागि भरपूर मात्रामा पानी पिउनुपर्छ । हिटस्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ ।

 

डाबर आउनु: गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउछ । यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ ।

 

एलर्जी: धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम हो। यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न ।

 

हैजा, टाइफाइड र जण्डिस: यी सबै पानीका कारण हुने रोग हुन् । यसबाट बँच्न सकेसम्म बाहिर खानुहुन्न । बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ । गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदुषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन् । ब्याक्टेरिया तातो र नुनिलोपानीको माहौलमा पैदा हुन्छन् । ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तन्छन् ।

 

लामुखट्टेका कारण हुने समस्या: घरवरिपरी जम्मा हुने पानी लामखुट्टेको बासस्थान बन्छन्, लामुखुट्टेको टोकाईका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन् ।

 

कसरी बच्ने ?

सडकमा बेच्न राखिएका काटेका फलफुल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउनुहोस् । यस्तो मौसममा बच्चाहरुलाई मसालेदार र तारेका खानेकुरा नखुवाउनुहोस् । यस्ता खानेकुरा सजिलोसंग पच्न सक्दैनन् । उनीहरुलाई ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउनुस् ।

 

बच्चालाई तिर्खा नलागे पनि पानी पिइरहन प्रेरित गर्नुहोस्, यसले शरीर सुख्खा रहन दिँदैंन । उनीहरुलाई कागती पानी, नरिवलको पानी र अन्य प्राकृतिक तरल पदार्थ दिनुपर्छ । बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिनुहोस्। तन्दुरुस्तीका लागि आफूसंगै बच्चालाई पनि बिहान बेलुकी कसरत गराउनुहोस् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...