YouTube Link

यसरी सतर्कता अपनाउनुहोस् झाडापखाला र डेंगुबाट जोगिन

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: वर्षातको समयमा डेंगु सक्रमण फैलन सक्ने हुँदा सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । विशेषगरी ​एडिस जातका लामखुट्टेको (कालो-सेतो छिर्केमिर्के देखिने) टोकाईबाट सर्ने डेंगु संक्रमणबाट बच्न विशेषगरी व्यक्तिगत सजगताका साथै आफ्नो घरवरपरको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

 

डेंगुबाट बच्न यी कुराहरुको ध्यान दिनुपर्छः

– डेंगु संक्रमण गराउने लामखुट्टे फैलन नदिन आफ्नो घर वरपरको सरसफाइलाई विशेष ध्यान दिनुपर्छ ।

 

– आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने ।

 

– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

 

– जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने बानी बसाल्ने ।

 

– पूरै शरीर ढाक्ने लुगा लगाएर हिँड्ने बानी बसाल्नुपर्छ । यस्ता उपायहरु अपनाउन सकिए डेंगु संक्रमणबाट बच्न सकिन्छ ।

 

वर्षातको यो मौसममा आउने बाढी तथा भेलहरुले हाम्रो खानेपानीको मुहानहरु दुषित गराउनुका साथै हामीले खाने खानेकुराहरुलाई समेत दुषित गराउने हुँदा झाडापखाला, हैजा जस्ता पानीजन्य संक्रमणहरुको समेत जोखिम हुने हुँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । त्यसैले हामीले खाने खाने पानी र व्यक्तिगत सरसफाइलाई विशेष ख्याल गर्नुपर्छ ।

 

झाडापखाला र हैजाबाट बच्ने उपायः

– सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने ।

 

– व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिने ।

 

– बासी सढेगलेका खानेकुरा नखाने ।

 

– खानालाई छोपेर राख्ने ।

 

– काँचै खान मिल्ने फलफूल राम्रोसँग पखालेर खाने बानी बसाल्नुपर्छ ।

 

– तरकारीको सरसफाईलाई विशेष ध्यान पुर्‍याउनुपर्छ ।

 

– खुल्ला रूपमा दिसापिसाब नगरौं, चर्पीको अनिवार्य प्रयोग गर्ने र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात धुने बानी बसाल्नुपर्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...