YouTube Link

यसरी सतर्कता अपनाउनुहोस् झाडापखाला र डेंगुबाट जोगिन

Facebook Link

 

काठमाडौं: वर्षातको समयमा डेंगु सक्रमण फैलन सक्ने हुँदा सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । विशेषगरी ​एडिस जातका लामखुट्टेको (कालो-सेतो छिर्केमिर्के देखिने) टोकाईबाट सर्ने डेंगु संक्रमणबाट बच्न विशेषगरी व्यक्तिगत सजगताका साथै आफ्नो घरवरपरको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

 

डेंगुबाट बच्न यी कुराहरुको ध्यान दिनुपर्छः

– डेंगु संक्रमण गराउने लामखुट्टे फैलन नदिन आफ्नो घर वरपरको सरसफाइलाई विशेष ध्यान दिनुपर्छ ।

 

– आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने ।

 

– घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

 

– जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने बानी बसाल्ने ।

 

– पूरै शरीर ढाक्ने लुगा लगाएर हिँड्ने बानी बसाल्नुपर्छ । यस्ता उपायहरु अपनाउन सकिए डेंगु संक्रमणबाट बच्न सकिन्छ ।

 

वर्षातको यो मौसममा आउने बाढी तथा भेलहरुले हाम्रो खानेपानीको मुहानहरु दुषित गराउनुका साथै हामीले खाने खानेकुराहरुलाई समेत दुषित गराउने हुँदा झाडापखाला, हैजा जस्ता पानीजन्य संक्रमणहरुको समेत जोखिम हुने हुँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । त्यसैले हामीले खाने खाने पानी र व्यक्तिगत सरसफाइलाई विशेष ख्याल गर्नुपर्छ ।

 

झाडापखाला र हैजाबाट बच्ने उपायः

– सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने ।

 

– व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिने ।

 

– बासी सढेगलेका खानेकुरा नखाने ।

 

– खानालाई छोपेर राख्ने ।

 

– काँचै खान मिल्ने फलफूल राम्रोसँग पखालेर खाने बानी बसाल्नुपर्छ ।

 

– तरकारीको सरसफाईलाई विशेष ध्यान पुर्‍याउनुपर्छ ।

 

– खुल्ला रूपमा दिसापिसाब नगरौं, चर्पीको अनिवार्य प्रयोग गर्ने र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात धुने बानी बसाल्नुपर्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...