YouTube Link

भदौ २५ देखि ३० गतेसम्म काठमाडौंमा ‘बुस्टर डोज’

Facebook Link

 

काठमाडौं: जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।

 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिइन् ।

 

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो । उनका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ छ । यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाले लगाउन बाँकी रहेकाले यही भदौ ५ देखि भदौ ११ गतेसम्म सञ्चालन गरिएको थियो ।

 

कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ ।

 

बुस्टर डोज लगाउन छुट भएकालाई खोप लगाउन आग्रह गरिएको छ । कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालय, नगर अस्पतालहरु र सरकारी तथा गैरसकारी अस्पतालमा खोप लगाइनेछ ।

 

यसअघि नियमित रुपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो ।

 

अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । हिजो भदौ १७ गते १२८ जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...