नेपालमा पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जना संक्रमितको मृत्यु

वि.सं.२०७८ फागुन ७ शनिवार १८:१७

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ३५० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
यस अवधिमा १ हजार २७२ जना निको भएका छन् ।
नेपाल कुल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् ।
निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् ।

वि.सं.२०७८ फागुन ७ शनिवार १८:१७