Rajshow Bivag

लिग च्याम्पियन मछिन्द्रको थ्रिस्टारमाथि संघर्षपूर्ण जित, फ्रेन्ड्ससँग पराजित च्यासल रेलिगेसनमा

Departmant of helth services

 

काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले थ्रिस्टामाथि संघर्षपूर्ण जित निकालेको छ  ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले १० खेलाडीमा समेटिएको थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

 

मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले पेनाल्टी मार्फत निर्णायक गोल गरे ।

 

थ्री स्टारका डिफेन्डर जीवन गुरुङले अविशेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको हो ।

 

अविशेकलाई फउल गरेपछि पहेलो कार्ड पाएका जीवनले रेफ्रीसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाईएको थियो ।

 

त्यसबाहेक दुबै टोलीले अन्य गोलको अवसर गुमाएका थिए ।

 

जितसँगै शीर्ष स्थानको मछिन्द्रले १२ खेलमा ३२ अंक जोडेको छ ।

 

थ्री स्टारले १२ खेल १८ अंक जोडेको छ ।  थ्री स्टार चौंथो स्थानमा रहेको छ ।

 

 

यसैबीच आज भएको पहिलो खेलमा च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग २-१ गोल अन्तरले पराजित हुँदै रेलिगेसनमा परेको छ ।

 

च्यासल एक खेल बाँकी छदै बी डिभिजनमा घटुवा भएको हो ।

 

फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे ।

 

च्यासलका मौसा अबगानाले एक गोल फर्काए ।

 

जितसँगै फ्रेन्ड्सले १२ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्स लिगको १२ औं स्थान रहेको छ ।

 

च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...