YouTube Link

लिग च्याम्पियन मछिन्द्रको थ्रिस्टारमाथि संघर्षपूर्ण जित, फ्रेन्ड्ससँग पराजित च्यासल रेलिगेसनमा

World Cup 2026
Facebook Link

 

काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले थ्रिस्टामाथि संघर्षपूर्ण जित निकालेको छ  ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले १० खेलाडीमा समेटिएको थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

 

मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले पेनाल्टी मार्फत निर्णायक गोल गरे ।

 

थ्री स्टारका डिफेन्डर जीवन गुरुङले अविशेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको हो ।

 

अविशेकलाई फउल गरेपछि पहेलो कार्ड पाएका जीवनले रेफ्रीसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाईएको थियो ।

 

त्यसबाहेक दुबै टोलीले अन्य गोलको अवसर गुमाएका थिए ।

 

जितसँगै शीर्ष स्थानको मछिन्द्रले १२ खेलमा ३२ अंक जोडेको छ ।

 

थ्री स्टारले १२ खेल १८ अंक जोडेको छ ।  थ्री स्टार चौंथो स्थानमा रहेको छ ।

 

 

यसैबीच आज भएको पहिलो खेलमा च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग २-१ गोल अन्तरले पराजित हुँदै रेलिगेसनमा परेको छ ।

 

च्यासल एक खेल बाँकी छदै बी डिभिजनमा घटुवा भएको हो ।

 

फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे ।

 

च्यासलका मौसा अबगानाले एक गोल फर्काए ।

 

जितसँगै फ्रेन्ड्सले १२ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्स लिगको १२ औं स्थान रहेको छ ।

 

च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...