नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिए
वि.सं.२०७८ फागुन ४ बुधवार १७:२८
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ७ सय ५६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
आज ६ हजार ७ सय ८२ जनाको पीसीआर र २ हजार ९ सय ७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ५ सय ४८ र एन्टिजेन परीक्षणबाट १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १ हजार ६ सय जनाले कोरोनालाई जितेका छन् ।
आज थप ३ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५ पुगेको छ ।
अहिले देशभर १८ हजार २ सय ५१ जना सक्रिय संक्रमित छन् ।
वि.सं.२०७८ फागुन ४ बुधवार १७:२८