एमसीसी सदनमा टेबल गर्ने नगर्ने विषयमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:०५
2K
shares
काठमाडौं: एमसीसी सदनमा टेबल गर्ने नगर्ने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।
बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्ने नगर्ने बिषयमा पनि छलफल भएको छ ।
देउवाले आफ्नो पार्टीको बैठकमा सहभागी हुनुअघि प्रचण्ड र नेपाललाई छलफलको लागि बालुवाटार बोलाएका हुन् ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १७:०५




















