YouTube Link

कोरोना सङ्क्रमण दरमा सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्ष उमेर समूहका

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: कोरोनाको तेस्रो लहर सुरु भएसँगै पीसीआर विधिबाट गरिने परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

 

नयाँ सङ्क्रमितहरू मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहबाट २ हजार ८ सय ७० जना सङ्क्रमित भएका छन् ।

 

त्यस्तै, ३१ देखि ४० उमेर समूहबाट २ हजार २४४ जना सङ्क्रमित छन् । १० वर्षभन्दा कमका १ सय ४६ जना सङ्क्रमित थपिएका छन् ।

 

पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी ३ हजार ७ सय ६३ जना सङ्क्रमित थपिएका छन् । त्यसपछि ललितपुरमा १ हजार १ सय १० तथा भक्तपुरमा ४ सय ३४ जना सङ्क्रमित थपिएका छन् ।

 

प्रदेश १ मा मोरङमा २ सय ७३, मधेस प्रदेशमा सप्तरीमा ५५ जना र गण्डकीमा कास्कीमा ४ सयजना सङ्क्रमित थपिएका छन् ।

 

पाँच सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

 

हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । नेपालमा प्रति दश लाख जनसङ्ख्या ३८३.५ जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

 

यही अवधिमा थप ७ सय ८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २ सय ८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

 

निको हुने दर घटेर ९०.७ प्रतिशत पुगेको छ । देशभर हाल ७२ हजार ८ सय ६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८ सय ५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ६२ लाख ४२ हजार ४ सय ५६ जनाले पहिलो मात्रा, १ करोड २८ लाख ७० हजार ८ सय ६७ जनाले पूर्ण मात्र र १ लाख ४२ हजार ५ सय ८९ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...