पछिल्लो २४ घण्टामा थपिए ३५५३ कोरोना संक्रमित
वि.सं.२०७८ पुस २९ बिहीवार १६:३१
1.9K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४ सय ९८ जनाको पीसीआर परीक्षणमा २ हजार ९ सय २२ र ४ हजार ५ सय ८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ सय ३१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ९ रहेको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार १६:३१



















