नेपालमा पछिल्लो २४ घण्टामा ३४१ कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु
वि.सं.२०७८ मंसिर २७ सोमवार १६:३८
1.9K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१६ जनाको पीसीआर परीक्षणमा ३१३ र २ हजार ८२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३७६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १६:३८




















