YouTube Link

कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग, अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाइँदै

Facebook Link

 

काठमाडौं: विश्वभरका स्वास्थ्य अधिकारीहरू शुक्रवार दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्टले सबैलाई चिन्तित बनाएको बताएका छन् ।

 

अनुसन्धानकर्ताहरूले भाइरसको सो म्युटेसन (उत्परिवर्तन) खोप-प्रतिरोधी छ/छैन भनेर पत्ता लगाउदैँ गर्दा युरोपियन युनियन (ईयू) र बेलायतले सीमामा कडाइ गर्ने निर्णय गरेको छ ।

 

एक दक्षिण अफ्रिकी वैज्ञानिकले लन्डनको प्रतिबन्धलाई ‘भ्याक्सिन रंगभेद’को लक्षण भनिरहँदा युरोपेली आयोगका प्रमुख उर्सला भोन डर लेयनले भने ईयूले पनि अफ्रिकी क्षेत्रबाट हवाई यात्रा रोक्ने बताइन् ।

 

‘सबै युरोपमा धेरै छिटो, निर्णायक र एकताबद्ध रूपमा कार्य गर्न आवश्यक छ’, भोन डर लेयनले भनिन्, ‘यो नयाँ भेरियन्टले निम्त्याउने खतराको बारेमा हामीले स्पष्ट नबुझ्दासम्म यी देशहरूमा सबै हवाई यात्राहरू प्रतिबन्ध गरिनुपर्छ ।’

 

त्यसलगत्तै बसेको ईयू राष्ट्रहरुको बैठकले अफ्रिकी मुलुकमा यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । ईयू राष्ट्रहरूले दक्षिणी अफ्रिकाका देशहरूमा नयाँ कोरोना भाइरस भेरियन्ट फेला परेपछि आपत्कालीन उडान प्रतिबन्ध लगाउने ईयू आयोगका प्रवक्ता एरिक मेमरले बताएका छन् ।

 

‘सबै २७ ईयू राष्ट्रका स्वास्थ्य प्रमुखहरू शुक्रवारको आपतकालीन बैठकमा यात्रा प्रतिबन्ध लगाउन सहमत भए,’ मेमरले ट्विटरमा लेखेका छन् ।

 

B.1.1.529 को रूपमा चिनिएको नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना र हङकङमा पनि पहिचान गरिएको छ । डब्लुएचओले यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषित गरेको छ ।

 

डब्लुएचओले यसै साता मात्रै पहिलो पटक पहिचान गरिएको यो भेरियन्टविरूद्ध खोपहरू कत्तिको प्रभावकारी छ भनेर निर्धारण गर्न हप्ता दिनसम्म लाग्ने बताएको छ ।

 

दक्षिण अफ्रिकी वैज्ञानिकहरूले देशमा संक्रमणमा अचानक उकालो लाग्नुको पछाडि नयाँ भेरियन्ट कारण हुनसक्ने आशंका गरेका छन् । तर, देश बाहिर यो कति टाढासम्म फैलिएको छ भन्ने बारे भने यकिन भन्न सकिने अवस्था नरहेको उनीहरुले बताएका छन् ।

 

युरोपमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को पहिलो  केस बेल्जियममा पहिचान गरिएको थियो । नयाँ भेरियन्ट बोत्सवाना, इजरायल र हङकङमा देखिएको छ ।

 

यता, एसियामा पनि भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण फैलिने जोखिम छ । भारतले सबै राज्यहरूलाई दक्षिण अफ्रिका र अन्य ‘जोखिममा’ रहेका देशहरूका अन्तर्राष्ट्रिय यात्रुहरूको परीक्षण र स्क्रिन गर्नको लागि निर्देशन जारी गरेको छ । यता, जापानले सीमामा कडाइ गरेको छ।

 

डब्लुएचओका अनुसार अहिलेसम्म नयाँ भेरियन्टको १०० भन्दा कम ‘सेम्पल सेक्वेन्स’ रिपोर्ट गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...