YouTube Link

आन्तरिक छलफलमा ओली, केन्द्रीय सदस्यमा चुनाव हुने, पदाधिकारीमा सहमति जुटाउन अझै सकस

World Cup 2026
Facebook Link

 

चितवन:  नेकपा (एमाले) को १०औं महाधिवेशन यतिखेर चितवनको सौराहामा जारी छ ।

 

आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा समस्या परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् ।

 

आज सौराहमा बन्दशत्र सुरु गर्नुअघि एमाले अध्यक्ष ओलीले आफ्ना निकट नेताहरुसँग महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा बसेका थिए ।

 

बन्दसत्र क्षेत्रमा पुग्नु अघि आफू बसकेको रिसोर्टमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति गरेर जाने बताउँदै आकांक्षी नेताहरुसँग छलफल गरेका थिए । तर बैठकमा कुनै सहमति हुन सकेन । आकांक्षी नेताहरुले अडान नछोडेपछि उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।

 

अध्यक्ष ओली पदाधिकारीको विषयमा सर्बसम्मत नेतृत्व चयनका लागि प्रयत्नरत रहेका छन् । हिजो बसेको पार्टीको केन्द्रीय कमिटीको मध्यरातको बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेसँगै नयाँ नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना बढेको छ ।

 

पदाधिकारीमा सर्वसम्मति गरेर बाँकी पदका लागि चुनाव हुने सम्भावना देखिएको नेताहरुले बताएका छन् । अध्यक्ष ओलीले पार्टी पदाधिकारीमा सकेसम्म सर्बसम्मत गर्नेगरी  छलफल गरिरहेका छन्  ।

 

अध्यक्ष ओलीको ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी छ । ओलीले आफूलाई अध्यक्षमा टक्कर दिने घोषणा गरेका भीम रावलसहित सुवास नेम्वाङ, रामबहादुर थापा बादल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् ।

 

महासचिवमा शंकर पोखरेल आएमा विष्णु पौडेललाई पनि उपाध्यक्ष बनाउने तयारी ओलीले गरेका छन् । तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, घनश्याम भुसाल र पृथ्वी सुब्बा गुरुङको सम्भावना बलियो छ ।

 

पदाधिकारी बाहेक केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुने संभावना प्रवल देखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...