कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि नेपाल र भारतबीच सम्झौता
वि.सं.२०७८ मंसिर ७ मंगलवार १३:२७
2.3K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारतसँग सम्झौता गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमकाबीच खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड खोप प्रमाणपत्रको मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकाहरुलाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी गराए ।
कोरोना महामारीपछि नेपाल र भारतबीच आवतजावतमा कुनै समस्या नहोस् भनेर सम्झौता गरिएको डा पोखरेलको भनाइ छ ।
वि.सं.२०७८ मंसिर ७ मंगलवार १३:२७



















