YouTube Link

आइक्यू  एयरका अनुसार विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै

Facebook Link

 

एजेन्सीः विश्वको वायुहरुको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले विश्वका १०० वटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा रहेको जानाकारी दिएको छ ।

 

आइक्यू  एयरका अनुसार सन् २०२० मा विश्वका १०० सहरमध्ये ४६ प्रदूषित सहर भारतका थिए । त्यस्तै चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा चार, इन्डोनेसियामा र थाइल्याण्डमा  एक एक ओटा प्रदूषित सहर थिए । यी सबै दक्षिण एसियाली देश हुन् ।

 

आइक्यूका अनुसार गाजियावाद भारतको सबैभन्दा प्रदूषित सहर हो । त्यस्तै, चीनको सहर होटान र पाकिस्तानको लाहोर त्यहाँका सर्वाधिक प्रदूषित सहर हुन् । लाहोर विश्वकै प्रदूषित सहरको सूचीमासमेत पर्छ । सन् २०२० मा होटानमा सबैभन्दा खराब अर्थात औसत वायु गुणस्तर ११०.२ थियो ।

 

आइक्यू एयरका अनुसार चीन र भारत विश्वमै सवैभन्दा बढी कार्बन उत्र्सजन गर्ने देश हुन् । तर, पछिल्ला वर्षमा पाकिस्तानको वायु गुणस्तर पनि निकै खस्किएको छ । भारतको नयाँ दिल्लीमा  प्रदूषणका कारण त्यहाँका विद्यालय तथा कलेज र कारखाना बन्द गरिएका छन् ।

 

त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । प्रदूषण नियन्त्रण नभए सरकारले लकडाउनसम्मको तयारी गरेको छ ।

 

नयाँ दिल्लीमा मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२.५ कणहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डभन्दा ३४ गुणा बढी छ ।

 

हिउँदमा किसानहरूले जलाउने पराल र डाँठका कारण हरेक वर्ष भारतीय सहर थप प्रदूषित बन्ने गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...