आजदेखि १२ वटा जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाइँदै
वि.सं.२०७७ चैत २० शुक्रवार ०८:३९
2.7K
shares
काठमाडौं: हात्तीपाइले रोगको उच्च जोखिममा रहेका १२ वटा जिल्लामा आजदेखि हात्तीपाइले रोगको औषधि खुवाइँदैछ ।
हात्तीपाइले रोग निवारणका लागि १२ जिल्लामा आज औषधि खुवाइन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधि सेवन कार्यक्रम सञ्चालन हुन लागेको हो ।
१२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको विभागले जनाएको छ ।
नेपालमा अझै पनि करिब ३० हजार जना हात्तीपाइले रोगी रहेको सरकारी अनुमानित तथ्यांक छ ।
हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो ।
यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । शरीरमा यसको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छ ।
यो औषधि दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु, कडा रोगको लागि औषधि सेवन गरिरहेका, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकालाई यो औषधि खुवाउन हुँदैन ।
राष्ट्रपतिद्वारा मेलम्ची खानेपानीको उद्घाटन हुँदै, उद्घाटनका लागि भृकुटीमण्डपमा बनाइयो ढुंगेधारा
वि.सं.२०७७ चैत २० शुक्रवार ०८:३९




















