YouTube Link

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

Facebook Link

सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित पक्का भएको छ ।

लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रेका साम्पाङले एकातिर नेपाली कांग्रेस र माओवादीको गठबन्धन र तथा अर्कातिर नेकपा एमालेको चुनौती छिचोल्दै मेयरमा जित पक्का गरेका हुन् ।

आज बिहान साढे १० बजेसम्म ४ हजार ६०० मत गन्न बाँकी रहँदा साम्पाङले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार १५९ मतले पछि पारेका छन् ।

साम्पाङले १८ हजार ४७६ मत पाएका छन् । गठबन्धनका राईले १४ हजार ९९६ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु भण्डारीले १२ हजार १४३ मत ल्याएका छन् ।

धरानमा यो स्थानीय तह निर्वाचनमा ६२ हजार ८९७ मत खसेको थियो । अहिलेसम्म ५८ हजार २७७ मत गनिसकिएको छ ।

पछिल्लो समय धरानको वडा नं. १६ र १७ को मात्रै मत गन्न बाँकी छ । तर दुवै वडामा साम्पाङले बलियो पकड बनाएका छन् ।

उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा जितजनिक छन् । बेघाले १८ हजार ८६४ मत ल्याएका छन् । एमालेका उम्मेदवार पदम इस्बोले १६ हजार ५८१ मत ल्याएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...