धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

वि.सं.२०७९ जेठ ८ आइतवार ११:५१

सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित पक्का भएको छ ।
लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रेका साम्पाङले एकातिर नेपाली कांग्रेस र माओवादीको गठबन्धन र तथा अर्कातिर नेकपा एमालेको चुनौती छिचोल्दै मेयरमा जित पक्का गरेका हुन् ।
आज बिहान साढे १० बजेसम्म ४ हजार ६०० मत गन्न बाँकी रहँदा साम्पाङले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार १५९ मतले पछि पारेका छन् ।
साम्पाङले १८ हजार ४७६ मत पाएका छन् । गठबन्धनका राईले १४ हजार ९९६ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु भण्डारीले १२ हजार १४३ मत ल्याएका छन् ।
धरानमा यो स्थानीय तह निर्वाचनमा ६२ हजार ८९७ मत खसेको थियो । अहिलेसम्म ५८ हजार २७७ मत गनिसकिएको छ ।
पछिल्लो समय धरानको वडा नं. १६ र १७ को मात्रै मत गन्न बाँकी छ । तर दुवै वडामा साम्पाङले बलियो पकड बनाएका छन् ।
उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा जितजनिक छन् । बेघाले १८ हजार ८६४ मत ल्याएका छन् । एमालेका उम्मेदवार पदम इस्बोले १६ हजार ५८१ मत ल्याएका छन् ।

वि.सं.२०७९ जेठ ८ आइतवार ११:५१