YouTube Link

स्मार्ट विद्यालय सञ्चालन गर्नका लागि तनहुँमा शैक्षिक महोत्सव सम्पन्न

Facebook Link

तनहुँ: सैक्षिक क्षेत्रको गुणस्तर, रचनात्मक तथा संरचनात्मक सुधार साथै स्मार्ट विद्यालयको अवधारणा अनुसार तनहुँको भानु-१० स्थित श्री चोक मावि रामपुरटारमा सात दिने धार्मिक महोत्सव सम्पन्न भएको छ । श्री चोक मावि रामपुरटारको आयोजनामा सम्पन्न महोत्सवमा सो क्षेत्रका स्थानीय लगायत, लम्जुङ, गोर्खा, कास्की वरपरका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनको घुइँचो लागेको थियो ।

महोत्सवमा भक्तजनले गरेको दानबाट करिव ४५ लाख रुपैयाँ संकलन भएको आयोजक समितिका कोषाध्यक्ष पुरुसोत्तम पन्तले जानकारी दिएका छन् । संकलन भएको उक्त रकम श्री चोक मावि रामपुरटारको शैक्षिक सुधार तथा भौतिकपुर्वाधार निर्माणमा लगानी गरिने भएको छ । धार्मिक तथा सैक्षिक महा–महोत्सवका संकल्पकर्ता ईश्वरशरण महाराज तथा नरेश नेपालले कथा वाचन गरि सुनाएका थिए ।

महोत्सव समापनमा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री शंकर भण्डारीले शैक्षिक क्षेत्रमा प्रशस्त बजेट भएपनि सरकारले संधै माग्ने पारा देखाएको बताए । भण्डारीले शैक्षिक क्षेत्र लगायत समग्र राष्ट्रको विकासका लागि व्यक्तिको मानसिकता परिवर्तन आवश्यक रहेको बताउँदै विकास निर्माणमा वाधा अड्चन खडा गर्न केहि तत्व सक्रिय रहेको आरोप समेत लगाए ।

महोत्सवमा सहभागी प्रदेश चारका अर्थ मन्त्री किरण गुरुङ, नेकपा नेता कृष्णकुमार श्रेष्ठ लगायत स्थानिय जनप्रतिनिधिले शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि आ–आफ्नो क्षेत्रबाट सहयोगको प्रतिवद्धता जनाएका थिए । महोत्सवमा सहभागीलाई स्वैच्छिक रुपमा दान गर्न वा नसके कसैको करकापमा नपर्न पनि राजनीतिक दलका प्रतिनिधिले आग्रह गरेका थिए । महोत्सवमा संकलन रकमको सहि सदुपयोग हुनेमा स्थानिय अभिभावक र विधार्थी आशावादी देखिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...