अमेरिका प्रथम नीति अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील र आल्मुनियममा कर वृद्धिको घोषणा
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०९:२७
1.1K
sharesएजेन्सी: अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीट सन्देशमा ब्राजिल तथा अर्जेन्टिनाबाट आयात गर्ने स्टील, आल्मुनियम लगायतका सामानमा अमेरिकी प्रशासनले कर वृद्धि गर्न लागेको बताएका छन् ।
ब्राजिल र अर्जेन्टिनामा व्यापक मुद्रा स्फीति भएको र अमेरिकी किसानले उनीहरूको सामान खरिद गर्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको देखिएकोले त्यहाँबाट खरिद हुने स्टील, आल्मुनियम लगायतका सामानमा कर वृद्धि गर्न लागिएको हो ट्रम्पको सन्देशमा भनिएको छ । अमेरिकी ट्रम्प प्रशासनले हरेक कुरामा ‘अमेरिका प्रथम’ भन्ने नीतिलाई अघि सार्दै यसअघि चीन, जापान, भारत, मेक्सिकोलगायतका देशबाट आयात गर्ने सामानहरूमा पनि कर वृद्धिको घोषणा गरेको थियो ।
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०९:२७