YouTube Link

गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको नाफा समग्रमा ७ अर्ब रूपैयाँले बढ्यो, ९ बैंकको नाफा घट्यो

Facebook Link

काठमाडौं: गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको नाफा समग्रमा ७ अर्ब रूपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ५६ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष यसमा करिब १२ प्रतिशत वृद्धि भएर ६४ अर्ब ६ करोड पुगेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

 

प्रभु बैंकको नाफा सबैभन्दा धेरै ९३.७५ प्रतिशतले बढेर ४ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ । रकमका आधारमा सबैभन्दा धेरै नाफा नबिल बैंकको छ । बैंकको नाफा ७ अर्ब ६ करोड पुगेको छ । बैंकहरूको मुख्य व्यवसायबाट हुने आम्दानी खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि प्रावधान रकम २६ प्रतिशतले घटेपछि नाफामा सुधार भएको हो । बैंकहरूको खुद ब्याज आम्दानी ३.२५ प्रतिशतले बढेर एक खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ । यसअघि यस्तो आम्दानी एक खर्ब ८५ अर्ब रूपैयाँ थियो ।

 

बैंकहरूले यसअघि ५० अर्ब रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३८ अर्ब राखेका हुन् । राष्ट्रिय वाणिज्य बैंकले भने सात करोड रूपैयाँ राइट ब्याक समेत गरेको छ । बैंकहरूको औसतमा खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ३.४३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाश (माघदेखि चैत)को तुलनामा औसतमा यसमा सुधार देखिएको छ। दोस्रो त्रैमाशमा खराब कर्जा कुल कर्जाको ३.४८ प्रतिशत थियो । केही बैंकहरूले ऋणीलाई पुनर्कर्जा सुविधा दिएकोले पनि खराब कर्जा केही घटेको देखिएको हो । खराब कर्जा ४ प्रतिशत माथि हुनेको बैंकको संख्या आठ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाशमा यस्ता बैंकको संख्या १० थियो ।

 

पछिल्लो समय मुलुकमा देखिएको आर्थिक शिथिलतासँगै बैंकहरूको कर्जा असुलीमा समस्या भइरहेको छ । यसले खराब कर्जा बढाइरहेको थियो। तर, राष्ट्र बैंकले यसअघि खराब कर्जाको रूपमा वर्गीकरण भएको कर्जाको किस्ता नियमित भएपनि ६ महिनासम्म त्यसलाई असल वर्गमा रूपान्तरण गर्न नपाउने व्यवस्थालाई संशोधन गरेर केही राहत दिएको छ । बैंकहरूले यस्तो कर्जालाई सुक्ष्म निगरानीमा राख्न सक्ने व्यवस्था गरिएको छ । यसले २५ देखि शत प्रतिशतसम्म नोक्सान व्यवस्था गर्नुपर्नेमा पाँच प्रतिशतमात्रै नोक्सानी व्यवस्था गरे हुने भएको हो ।

 

सबैभन्दा धेरै खराब कर्जा हुनेमा कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा छ । यी बैंकको यस्तो अनुपात ४.९५ प्रतिशत छ । सानिमा बैंकको यस्तो सूचक सबैभन्दा कम ०.५१ प्रतिशत छ । बैंकको लाभांश दिने क्षमतामा सुधार भएपनि अधिकांश बैंकको लाभांश क्षमता कमजोर नै छ । लाभांश दिनसक्ने बैंकको यस्तो क्षमता एक प्रतिशतदेखि २९ प्रतिशतसम्म छ । चार वाणिज्य बैंकले लगानीकर्तालाई केही दिन सक्ने अवस्था देखिँदैन । बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा १७.९ प्रतिशत छ । यसभन्दा अघि यस्तो अनुपात १८.०९ प्रतिशतसम्म थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...