YouTube Link

गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको नाफा समग्रमा ७ अर्ब रूपैयाँले बढ्यो, ९ बैंकको नाफा घट्यो

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको नाफा समग्रमा ७ अर्ब रूपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ५६ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष यसमा करिब १२ प्रतिशत वृद्धि भएर ६४ अर्ब ६ करोड पुगेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

 

प्रभु बैंकको नाफा सबैभन्दा धेरै ९३.७५ प्रतिशतले बढेर ४ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ । रकमका आधारमा सबैभन्दा धेरै नाफा नबिल बैंकको छ । बैंकको नाफा ७ अर्ब ६ करोड पुगेको छ । बैंकहरूको मुख्य व्यवसायबाट हुने आम्दानी खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि प्रावधान रकम २६ प्रतिशतले घटेपछि नाफामा सुधार भएको हो । बैंकहरूको खुद ब्याज आम्दानी ३.२५ प्रतिशतले बढेर एक खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ । यसअघि यस्तो आम्दानी एक खर्ब ८५ अर्ब रूपैयाँ थियो ।

 

बैंकहरूले यसअघि ५० अर्ब रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३८ अर्ब राखेका हुन् । राष्ट्रिय वाणिज्य बैंकले भने सात करोड रूपैयाँ राइट ब्याक समेत गरेको छ । बैंकहरूको औसतमा खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ३.४३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाश (माघदेखि चैत)को तुलनामा औसतमा यसमा सुधार देखिएको छ। दोस्रो त्रैमाशमा खराब कर्जा कुल कर्जाको ३.४८ प्रतिशत थियो । केही बैंकहरूले ऋणीलाई पुनर्कर्जा सुविधा दिएकोले पनि खराब कर्जा केही घटेको देखिएको हो । खराब कर्जा ४ प्रतिशत माथि हुनेको बैंकको संख्या आठ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाशमा यस्ता बैंकको संख्या १० थियो ।

 

पछिल्लो समय मुलुकमा देखिएको आर्थिक शिथिलतासँगै बैंकहरूको कर्जा असुलीमा समस्या भइरहेको छ । यसले खराब कर्जा बढाइरहेको थियो। तर, राष्ट्र बैंकले यसअघि खराब कर्जाको रूपमा वर्गीकरण भएको कर्जाको किस्ता नियमित भएपनि ६ महिनासम्म त्यसलाई असल वर्गमा रूपान्तरण गर्न नपाउने व्यवस्थालाई संशोधन गरेर केही राहत दिएको छ । बैंकहरूले यस्तो कर्जालाई सुक्ष्म निगरानीमा राख्न सक्ने व्यवस्था गरिएको छ । यसले २५ देखि शत प्रतिशतसम्म नोक्सान व्यवस्था गर्नुपर्नेमा पाँच प्रतिशतमात्रै नोक्सानी व्यवस्था गरे हुने भएको हो ।

 

सबैभन्दा धेरै खराब कर्जा हुनेमा कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा छ । यी बैंकको यस्तो अनुपात ४.९५ प्रतिशत छ । सानिमा बैंकको यस्तो सूचक सबैभन्दा कम ०.५१ प्रतिशत छ । बैंकको लाभांश दिने क्षमतामा सुधार भएपनि अधिकांश बैंकको लाभांश क्षमता कमजोर नै छ । लाभांश दिनसक्ने बैंकको यस्तो क्षमता एक प्रतिशतदेखि २९ प्रतिशतसम्म छ । चार वाणिज्य बैंकले लगानीकर्तालाई केही दिन सक्ने अवस्था देखिँदैन । बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा १७.९ प्रतिशत छ । यसभन्दा अघि यस्तो अनुपात १८.०९ प्रतिशतसम्म थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...