Rajshow Bivag

आरके शर्माको एनआरएनए अध्यक्ष उम्मेदवारी घोषणा कार्यक्रममा उपमहासचिव पदमा प्रवीन गुरुङको उम्मेदवारी घोषणा

Departmant of helth services

 

कतार: एनआरएनए सचिव प्रवीन गुरुङले आगामी कार्यकालका लागि उपमहासचिव पदमा आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

 

एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेण्डालाई उचाईमा पुर्याउनका लागि मध्यपुर्वले नेतृत्व पाउनुपर्ने गुरुङको तर्क छ । उनले अध्यक्षका उम्मेदवार आरके शर्मालाई सफलताको शुभकामना दिदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा गुरुङले क्रमिकरुपमा २०२३-२५ कार्यकालका लागि उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

‘विश्वका एनआरएनए एउटै मालामा, संस्थाको शाख जोगाउने हाम्रै पालामा’ भन्ने मुलनारा लिएर उपमहासचिव पदका उम्मेदवारी घोषणा गरेका गुरुङ गोरखामा जन्मिएर चितवन बस्दै आएर हाल कतारमा सफल ब्यवसायीको पहिचान बनाएका छन् । एनआरएनए कतारको सदस्य, उपाध्यक्ष, मध्यपुर्व उपसंयोजक, संयोजक हुँदै आइसीसी सचिवसम्म सर्वाधिक रुचाएर निर्विरोध निर्वाचित हुन उनी सफल भएका छन् ।

 

गुरुङले महाभूकम्पमा लाप्राक नमूना बस्ती निमार्णमा होस् या हावाहुरी, बाढीपहिरोमा स्थलगतरुपमा ६ सय घरधुरीलाई राहत वितरण गर्न अनि कोभिड महामारीमा ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउन गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अग्रपंतिमा रहेर काम गरेका छन् ।

 

नेपाली कला, संस्कृतिलाई विश्व बजारमा लैजादै नेपालकै पहिलो नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगीको पहिलो सिजनको ग्रान्ड फिनाले कतारमा गरेका तथा नेफ्टा अवार्ड, एनआरएनए ग्लोबल सिंगिङ आइडल सफलतापुर्वक सम्पन्न गरेका गुरुङ युवा पुस्ताका मार्गदर्शक हुन् ।

 

युवा पुस्ता र खेलकुदलाई नेपालमा जोड्नका लागि आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए मार्फत तेकान्दोको मेनेजर तथा नवौं राष्ट्रिय खेलकुदमा थप जिम्मेवारी लिएर एनआरएनएलाई पदक जिताउन सफल गुरुङ आगामी कार्यकालमा पनि उही उर्जाका साथ काम गर्ने प्रतिवद्धता जनाउँछन् ।

 

सधै फरक र रचनात्मक कार्य गर्न रुचाउने र  सामाजिक कार्यमा लागेर तन,मन र धन खर्चिरहेका गुरुङ आगामी कार्यकालका लागि सबैको रोजाईमा परेका छन् । एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका गुरुङ सबैको रोजाईमा पर्ने देखिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...