भारतीय कंग्रेस कार्यसमितिको बैठकद्वारा सोनिया गान्धी अन्तरिम अध्यक्षमा चुनिईन्
वि.सं.२०७६ साउन २६ आइतवार ०८:४३
975
sharesएजेन्सी: भारतीय कंग्रेसको अन्तरिम अध्यक्ष सोनिया गान्धी बनेकी छिन् । शनिबार राति कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागि नहुने घोषणा गरेका थिए ।
सोनियाले १९९८ देखि २०१७ सम्म कंग्रेसको नेतृत्व गरेकी थिइन् । त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो । तर सोनियाले नेतृत्व लिन अस्वीकार गरेकी थिइन् । यस्तै कंग्रेसलाई जसैगरि पनि १५ तारिख अगाडी नयाँ अध्यक्ष घोषणा गर्नुपर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १५ अगस्टमा अध्यक्षका हैसियतले पार्टी कार्यालयमा झण्डोत्तलोन गर्ने चलन छ ।
शनिबार कार्यसमितिको दोस्रो बैठकमा राहुलले पुनः अध्यक्षको जिम्मेवारी सम्हालन अस्वीकार गरेका थिए । त्यसपछि प्रियंका गान्धीलाई अध्यक्ष बनाउने प्रस्ताव गरेपनि यसमा भने सहमति जुट्न सकेन् । नेताहरुले प्रियंका र राहुल मिलेर नयाँ अध्यक्ष चयन गर्न भन्दा पनि उनीहरुले त्यो प्रस्ताव पनि अस्वीकार गरेका थिए । त्यसपछि कुनैपनि विकल्प नभएपछि सोनियालाई नै अन्तरिम अध्यक्षको रुपमा प्रस्ताव गरिएको हो ।
वि.सं.२०७६ साउन २६ आइतवार ०८:४३