YouTube Link

ग्लोबल टि-२० क्रिकेटमा विनिपेग हक्स फाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: ग्लोबल टि-२० क्रिकेटमा नेपाली अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्स फाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

हक्सले उपाधिको लागि आज राती भान्कुभर नाइट्ससँग खेल्ने छ । नाइट्सले पहिलो क्वालिफायरमा ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो । ब्राम्प्टनले प्रस्तुत गरेको २ सय १ रनको विशाल लक्ष्य अन्तिम बलमा ३ विकेटको क्षतिमा पुरा गर्दै हक्स फाइनलमा पुगेको हो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिएको अवस्थामा उक्त रन पुरा गर्दै विजयी भएको हो । हक्सको जितमा यूएईका शैमान अनवारले २३ बलमा ६ चौका र ४ छक्का सहित ५२ रनको योगदान दिदै म्यान अफ द म्याच चुनिए । त्यस्तै जेपी ड्युमिनी ३४ बलमा समान ३ चौका र छक्का सहित ५० रनमा अविजित रहे । क्रिस लिन ३५, सन्नी सोहेल ४१ रनमा आउट हुँदा डरेन स्मिथ १७ रनमा अविजित रहे । ब्राम्प्टनका लागि वहाव रियाज,जहुर खान र शाहिद अफ्रिदीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ब्राम्प्टनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । उसका लागि कप्तान डरेन सम्मीले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै जर्ज मुन्से २२, रोहन मुस्तफा १४, बाबर हायत र शहिद अफ्रिदी समान ३२ रनमा आउट भए । वहाव रियाज २३ रनमा अविजित रहे । हक्सका लागि कप्तान रायद इम्रिटले सर्वाधिक ३ विकेट लिए । कलिमा सेना २, मोहम्मद इफरान र पल भान मार्करेमले समान १ विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...