YouTube Link

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू

Facebook Link

एजेन्सी: चीनले अमेरिकामा उत्पादन हुने केही सामानमाथि भन्सार कर थप गरेको छ । शनिबारबाट लागू हुनेगरी यस्तो कदम चालिएको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । चीनको पछिल्लो कदम अनुसार अमेरिकामा उत्पादन भएका करिब ६० अर्ब अमेरिकी डलर बराबरका आयातित सामानका सूचीमध्ये केही सामानका लागि बेग्लै भन्सार कर उठाइनेछ ।

यस्ता करको दर थप २५, २० र १० प्रतिशत रहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएका छ । त्यसबाहेक यसअघि छ प्रतिशत बराबर भन्सार शुल्क लाग्दै आएका सामानमा छ प्रतिशत थपिएको जनाइएको छ ।

चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो । चिनियाँ कानून र नियम बमोजिम, चीनले अविश्वसनीय एकाइ सूची खडा गर्ने छ । जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने चीनले बताएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

वि.सं.२०८२ भदौ २ सोमवार ०८:३०

काठमाडौं: हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी...

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

वि.सं.२०८२ साउन २६ सोमवार ०७:४५

काठमाडौं: इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको...

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

रुसमा शक्तिशाली भूकम्प, जापानमा विभिन्न क्षेत्र खाली गर्न आदेश

वि.सं.२०८२ साउन १४ बुधवार ०९:३६

एजेन्सी: रूसको काम्चात्का पेनिन्सुलाको पूर्वी समुद्रतट नजिक ८.७ म्याग्निच्युडको शक्तिशाली...