ह्याम्स अस्पतालमा नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई १० प्रतिशत छुट
वि.सं.२०७६ जेठ १९ आइतवार ०८:१६
708
sharesकाठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंक र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिनेसम्वन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ह्याम्सले नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा-मास्टर्ड ग्राहक, कर्मचारी तथा तीनका आफन्तलाई ह्याम्समा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र ह्याम्सका अध्यक्ष राजन सिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७६ जेठ १९ आइतवार ०८:१६