इरानसँग वार्ताका लागि तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई

वि.सं.२०७६ वैशाख २८ शनिवार ०८:१८
822
shares
एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारले चाहेमा आफू वार्ता गर्न तयार रहेको जनाएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले इरान सरकारका अधिकारीले आफूलाई सम्पर्क गरुन् भन्ने चाहेको जनाएका हुन् ।
राष्ट्रपति ट्रम्पको भनाई लगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि विज्ञप्ति जारी गर्दै अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको जनाएका थिए । विदेशमन्त्री पोम्पेओले इरानका अमेरिकाविरोधी गतिविधीको निन्दा गर्दै तेहनामा रहेका अधिकारीलाई वार्ताको आह्वान गरेका थिए ।
यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले मध्यपूर्वमा अमेरिकी लडाकु विमानवाहक नौसैनिक पानीजहाज परिचालन गर्ने घोषणा गरेपछि इरानले सन् २०१५ मा भएको आणविक सम्झौताका केही बुँदाबाट पछि हट्ने चेतावनी दिएको थियो । यता इरानको शक्तिशाली सैन्य दस्ता रिभल्यूशनरी गार्ड कप्रस आइआरजीसीले भने वार्ता गर्ने अमेरिकी आह्वान ठाडै अस्वीकार गरेको छ ।

वि.सं.२०७६ वैशाख २८ शनिवार ०८:१८