YouTube Link

यूरोपेली देश र अमेरिकाद्वारा चीनविरुद्ध नयाँ प्रतिबन्ध

Facebook Link

एजेन्सीः अल्पसंख्यक विगुर मुसलमानमाथि उत्पीडन र ज्यादती गरेको आरोपमा चीनविरुद्ध अमेरिका र यूरोपेली देशहरूले नयाँ प्रतिबन्ध लगाएका छन् ।

 

विगुरहरू चीनको उत्तर–पश्चिमी क्षेत्र सिञ्जियाङमा बस्छन् । त्यहाँ चीनले यातनागृह नै बनाएर मुसलमानहरूलाई हिरासतमा राखेको आरोप लाग्ने गरेको छ ।

 

क्याम्पभित्र मानसिक यातना दिने, जबरजस्ती काम लगाउने र महिलाहरूमाथि यौन उत्पीडनसम्म गर्ने गरेको पश्चिमाहरूले दाबी गरेका छन् ।

 

चीनविरुद्ध पछिल्लो प्रतिबन्ध लगाउने देशहरूमा अमेरिका, क्यानडा, बेलायत र यूरोपेली संघका देशहरू रहेका छन् ।

 

चीनले भने विगुर मुसलमानमाथि कुनैपनि प्रकारको अत्याचार नगरेको र क्याम्प पुनर्शिक्षा केन्द्र मात्रै भएको बताउने गरेको छ ।

 

तर, बेलायती विदेशमन्त्री डोमिनिक राबले चीनको क्याम्पभित्र विगुर मुसलमानमाथि भएको उत्पीडन यो समयकै सबैभन्दा गम्भीर मानवअधिकार संकट भएको बताएका छन् ।

 

यूरोपेली संघले सन् १९८९ मा भएको तियानमेन चोक नरसंहारपछि चीनविरुद्ध मानवअधिकार उल्लंघनको आरोपमा प्रतिबन्ध लगाएको थिए ।

 

सन् १९८९ मा चीनका सैनिकले लोकतन्त्र समर्थन प्रदर्शनकारीहरूमाथि तियानमेन चोकमा गोलाबारी गरेका थिए ।

 

पछिल्लो प्रतिबन्धमा सिञ्जियाङ प्रान्तका वरिष्ठ अधिकारीहरूलाई पश्चिमाहरूले निशाना बनाएका छन् ।

 

उनीहरूमाथि विगुर मुसलमानको मानवअधिकार हनन गरेको आरोप लगाइएको छ ।

 

ती अधिकारीहरूमाथि यात्रा प्रतिबन्ध र विदेशमा रहेको उनीहरूको सम्पत्ति समेत जफत गर्नेसम्मको कारबाही हुनेछ ।

 

मानवअधिकार समूहहरूले चीनमा १० लाख भन्दा धेरै विगुर मुसलमानहरू हिरासतमा रहेको, चीन सरकारले जबरजस्ती विगुर महिलाहरूको परिवार नियोजन गराएको तथा बच्चालाई परिवारबाट अलग गरेको बताउने गरेका छन् ।

 

यसअघि बीबीसीले तयार गरेको खोजी रिपोर्टमा पनि विगुर महिलाहरूमाथि बलात्कार, उत्पीडन र योजनाबद्ध शोषण भएको तथ्य सार्वजनिक भएको थियो ।

 

बीबीसीमाथि चीनले प्रतिबन्ध लगाइसकेको छ ।

 

यी हुन् प्रतिबन्ध खेप्नेहरू

 

अमेरिकी र यूरोपेली देशको प्रतिबन्ध खेप्नेमा सिञ्जियाङ सार्वजनिक सुरक्षा ब्यूरोका निर्देशक चेन मिनग्वाओ पनि छन्। उनीमाथि मानवअधिकार उल्लंघनमा गम्भीर आरोप लागेको छ ।

 

वरिष्ठ चिनियाँ अधिकारी वाङ मिङसान र वाङ जुनझेङ तथा सिञ्जियाङकै कम्यूनिष्ट पार्टीका पूर्व उप–महासचिव झु हाइलुनमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

 

सिञ्जियाङ प्रोडक्शन एन्ड कन्स्ट्रक्सन कर्प्स पब्लिक सिक्यूरिटी ब्यूरोमाथि पनि प्रतिबन्ध लागेको छ। त्यहाँ अर्का शीष अधिकारी जेन क्वानग्वाओले पनि प्रतिबन्ध खेपेका छन् ।

 

चीनको प्रतिक्रिया

 

नयाँ प्रतिबन्धलाई चिनियाँ अधिकारीहरूले झुठ र गलत सूचनामाथि आधारित कदम भएको बताएका छन् ।

 

अब यूरोपेली संघका १० व्यक्ति र चार संस्थामाथि आफूले पनि प्रतिबन्ध लगाउने चीनले चेतावनी दिएको छ ।

 

यी व्यक्ति र संस्थाहरू चीनको सम्प्रभुता र राष्ट्रिय हितविरुद्ध गलत प्रचारमा व्याप्त भएको चिनियाँ अधिकारीहरूले आरोप लगाएका छन् ।

 

यूरोपेली सांसद दलको नेतृत्व गरेका जर्मन नेता राइनहार्ड बूतीकाँफर चिनियाँ प्रतिबन्ध लाग्नसक्ने व्यक्तिहरूको सूचीमा छन् ।

 

अखिल नेपाल फुटबल संघको आयोजनामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु
‘सी’ डिभिजन लिगमा आज प्लानिङ ब्वाइज र स्वयम्भु तथा विरगंज युथ र समाज कल्याणबीच प्रतिस्पर्धा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...