भारतको बिहारमा नितिशकुमार मुख्यमन्त्री बन्दै
वि.सं.२०७७ कात्तिक २६ बुधवार ०७:२२
2.3K
shares
एजेन्सीः भारतको बिहार राज्यमा फेरि जनता दल युनाइटेड (एनडीए)को सरकार बन्ने निश्चित भएको छ ।
२ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २७ सिट जितेको छ ।
भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) मा जनता दल युनाइटेडले ४३ सिट र भारतीय जनता पार्टीले ७४ सिट जितेको बीबीसी हिन्दीले जनाएको छ ।
बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो ।
कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।
बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा तीन चरणमा चुनाव भएको थियो ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार ०७:२२



















